लियो क्लव अफ तनहुँद्धारा व्यास–५, मा रहेको संगम प्राथमिक विद्यालयमा शैक्षिक समाग्री हस्तान्तरण गरेको छ । लियो क्लवको समाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत शैक्षिक समाग्री हस्तान्तरण कार्यक्रम व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको प्रमुख आतिथ्यतामा गरिएको थियो ।


विद्यालयका १० जना जेहन्दार छात्राछात्रालाई स्कुल व्याग र अन्य सम्पुर्ण विद्यार्थीहरुलाई कापी कलम वितरण गरिएको क्लवका अध्यक्ष मोहम्मद गफारले वताउनुभयो । क्लवको यो विद्यालयप्रतिको सहयोगको भावनाले विद्यार्थीको शैक्षिक स्तर सुधारमा सहयोग पुग्ने वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले वताउनुभयो ।
यसैगरि विद्यालयको प्रधानाध्यापक सुरेन्द्र खनालले लियो क्लवको यो कार्यले कमजोर आर्थिक अवश्था भएको विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा वडासदस्य केशरी थापा, लायन्स क्लव अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ का चिफ सुरेन्द्र पौडेलको उपस्थिती रहेको थियो ।














