रुचालद्धारा जन्मदिनको अवसरमा उज्यालो घरलाई आर्थिक सहयोग

बिद्यार्थी नेता बिशाल रुचालले आफ्नो जन्मदिनको अबसरमा उज्यालो घरलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले नगद रु पाँच हजार ५५ रुपैया सहयोग गर्नुभएको हो । जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि मद्धत पुगोस भन्ने हेतुले सहयोग गरेको रुचालले बताउनुभयो ।

उहाँले अनाथ बालबालिकाको साहारा बनेको उज्यालो घरलाई सहयोग गर्न पाउदा आफुलाई खुसि लागेको बताउनुभयो । उज्यालो घरमा आश्रित बालबालिकाको लागि सबै मिलेर सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्यानरत रुचाल एबिआईटि क्ल्बको अध्याक्ष समेत हुन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.