मायाटार । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाको पहाडी भेग वडा नं. २ को मायाटारमा सामुदायिक स्वास्थ्य इकाई केन्द्र संचालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरेको हो । स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो ।

स्वास्थ्य इकाई केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने अभियान अन्तरगत मायाटारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको स्थापना गरिएको बताए । ‘यस सामुदायिक स्वास्थ्य इकाई केन्द्रबाट साविकको चण्डीभञ्ज्याङका ४ वटा वडा र साविकको काउलेको ५ वटा वडामा नागरिकहरु लाभान्वित हुनेछ’ –उनले भने । यहाँबाट जुनसुकै किसिमका न्युनतम आधारभुत स्वास्थ्य सेवा प्रदान हुने अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत हरि देवकोटाका अनुसार मायाटारमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा आएसगैँ इच्छाकामनामा स्वास्थ्य संस्थाको संख्या १२ पुगेको छ । ५ वटा स्वास्थ्य चौकी सहित, आधारभुत स्वास्थ्य इकाई र सामुदायिक स्वास्थ्य इकाई गरि १२ वटा स्वास्थ्य संस्था रहेका छन् ।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा वडाध्यक्ष पञ्च बहादुर चेपाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुषाल, वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रवक्ता नर बहादुर नेपाल, वडा नम्बर ५ का वडाअध्यक्ष तेज बहादुर शेरचन, वडा नम्बर ७ का वडाध्यक्ष बम बहादुर थापा मगर, वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्यका कर्मचारीहरु र स्थानियहरुको उपस्थिति रहेको थियो ।
गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि स्थानीयहरु भने खुशी भएका छन् । यहाँका स्थानीयहरु सामान्य चोटपटक लाग्दा समेत २÷३ घण्टा हिडेर काउले वा चण्डीभञ्ज्याङ जान बाध्य थिए ।









