बन्दीपुर गाउँपालिकाले करको दर बढी निर्धारण गरेको भन्दै पालिकाका उद्योगी व्यवसायी आन्दोलित

तनहुँको बन्दीपुर गाउँपालिकाले करको दर बढी निर्धारण गरेको भन्दै पालिकाका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । गाउँ परिषद्को पछिल्लो निर्णय अनुसार करको दर बढी भएकोमा व्यवसायीले पत्रकार सम्मेलन गरी विरोध गरेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाईको नेतृत्वमा व्यवसायीहरु आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । करको दायरा कम नगरेमा कर नतिर्ने गाउँपालिका तालबन्दी गर्ने घोषणा व्यवसायीले बुधबार गरेका छन् ।

गाउँपालिकाले विभिन्न दस्तुर तथा करको दर छिमेकी पालिका धेरै गुणा बढी रहेको गुनासो व्यावसायीले गरेका छन् । कतिपय कर अन्य पालिका भन्दा २० गुणा बढी रहेकोले आन्दोलनको बिकल्प नभएको व्यवसायीले बताएका छन् । पत्रकार सम्मेलनमा तनहुँ उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष मानकाजी श्रेष्ठले पृथ्वी राजमार्ग विस्तारको क्रममा डुम्रे बजारका ९० प्रतिशत घरहरु भत्किएकोले व्यापारीलाई कर घटाएर व्यवसायी बच्ने र बचाउनेमा ध्यान दिनुपर्नेमा कर बढाएर विस्थापित गर्न लागेको बताए ।

तनहुँ उद्योग वाणिज्य सङ्घका महासचिव सुवोध अधिकारीले व्यवसायीले कर सम्बन्धमा दिएको राय र सुझावको मनन नगरी गाउँपालिकाले कर बढाएको बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । पत्रकार सम्मेलनमा इकाइका सभापति राजेश श्रेष्ठले आगामी आर्थिक वर्ष का लागि लागू गरिएको करको नयाँ दर फिर्ता गर्न आग्रह गरे । करको दर बढाउने गाउँपालिको को निर्णय जनताको हितविपरीत रहेको उनले बताए । छिमेकी पालिकाको भन्दा कपिय कर २० गुणा बढी कर भएकोले आन्दोलनमा होमिएको श्रेष्ठले जानकारी दिए ।

भानु नगरपालिकाले क वर्गको होटलको लागि एक हजार ख वर्गको पाँच सय र ग वर्गको लागि दुई सय ५० तोकिएकोमा बन्दीपुरमा क वर्गको २० हजार, ख वर्गको १० हजार र ग वर्गको पाँच हजार तोकिएको बताए । व्यास नगरपालिको सोही कर क्रमश, तीन हजार, दुई हजार र एक हजार मात्रै तोकेको उनले जानकारी दिए । व्यापारीको पिर मर्का नबुझी हरेक प्रकारका करमा नेपालकै सबैभन्दा बढी तोकेर किर्तिमानी कायम गर्न खोजिएको हाम्रो बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष परशुराम अधिकारीले बताए ।

कर नतिर्ने भन्दा पनि उद्योग व्यवसायीलाई सहज हुने गरी करको दायरा निर्धारण गर्नुपर्ने माग पत्रकार सम्मेलनमा गरिएको थियो । इकाईका पूर्व अध्यक्ष राजेन्द्र पिया, नेक महम्मद मिया लगायतले बन्दीपुर गापाको व्यवसायिक कर उच्च भएकोले डुम्रेका व्यापारीहरु छिमेकी पालिकामा स्थानान्तरण हुने क्रम बढेको र छिमेकी पालिकाले निर्धारण गरेको करलाई आधार मानी बन्दीपुर गाउँपालिकाले व्यापारीको माग सम्बोधन गर्ने कुरामा ध्यान दिन पर्नेमा जोड दिएको थिए ।

बन्दीपुर गाउँपलिकाका अध्यक्ष सुरेन्द्र थापाले व्यापारी करको रकम विकासमा प्रयोग गरिने उल्लेख गर्दै व्यापारीलाई मर्का पर्ने गरी नबढाईएको बताए । छलफल र अन्तरक्रिया गरेर आगामी आर्थिक वर्षमा घटाउन आवश्यक परेमा घटाउँछौं । पत्रकार सम्मेलनमा डुम्रेका अतिरिक्त बन्दीपुर बजार, बिमलनगर बजार लगायतका क्षेत्रका व्यवसायीहरु पनि आन्दोलनमा एक्यबद्धता जनाएका थिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.