हलगोरु पाल्ने २५० कृषकलाई पोषण अनुदान वितरण


म्याग्दे गाँउपालिकाले पालिकाभित्र रहेका हलगोरु पाल्ने कृषकहरुलाई पोषण अनुदान वितरण गरेको छ । पालिकाको आर्थिक वर्ष ०७९।०८० को पशु सेवा शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत २५० हल गोरु पाल्ने कृषकलाई प्रतिहल ४ हजारका दरले वितरण गरिएको हो ।
पालिकाभित्र रहेका विपन्न कृषकवर्ग जसले हलगोरु पालेर कृषिमा आश्रित छन् उनिहरुको जनजीवनमा केही सहजता र कृषिमा उत्प्रेरित रहन हलगोरु कृषकलाई पोषण अनुदान वितरण गरेका हौ, पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताए । देश कृषि प्रधान भएता पनि निर्यातमुखी भईसकेको सन्र्दभमा असली किसानलाई कृषिमा आत्मनिर्भर वनाउन र आफनो लागी आवश्यक वस्तुको उत्पादनमा सहयोग गर्न पालिकाले हलगोरु पोषण कार्यक्रम लागु गरिएको अध्यक्ष श्रेष्ठले वताए ।


यसै गरि पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले न्युन वर्गका कृषक जसले प्रविधिको प्रयोगवाट खेती गर्न नसक्ने र परम्परागत तवरवाट नै कृषिमा आश्रित भईरहेको कृषकलाई उत्प्रेरित गर्न अनुदानको कार्यक्रम ल्याईएको वताए । जसले गर्दा न्युन वर्गको कृषकमा केही भएता पनि राहतको महशुश हुने उपाध्यक्ष घिमिरेले वतए ।
पालिकाभित्र रहेका ७ वटै वडाका कृषकलाई वडामार्फत नै अनुदान रकम वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जित वहादुर रानाले वताए । हलगोरु पालक कृषक सोमे विकले गाँउपालिकाले वितरण गरेको राहत रकमले पालिका निम्न वर्गको आम सरोकारको विषयमा पनि संवेदनशील भएको पुष्टि भएको र अगामी दिनमा झन कृषकमैत्री व्यवस्था ल्याउन आग्रह गरे ।


हलगोरु अनुदान वितरण कार्यक्रममा पशु सेवा शाखाका प्रमुख श्री डा. विनय शाह, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.