तनहुँको दमौली अस्पतालमा भाइरल फिबर र रुघाखोकीका बिरामी बढे

तनहुँको दमौली अस्पतालमा भाइरल फिबर र रुघाखोकीका विरामी बढेका छन् । गर्मी बढेसंगै विरामीको संख्या समेत बढेको दमौली अस्पतालले जनाएको छ । । भाइरल फिबर, घाटी दुख्ने, रुघाखोकी, संगै बालवालिकामा गल्फुलो का विरामी अस्पतालमा बढी आएको दमौली अस्पतालले जनाएको छ ।

दमौली अस्पतलामा दैनिक एक सय ५० विरामी आउने गरेकोमा अहिले २ सय भन्दा बढी उपचारका लागि आएको दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डक्टर परिवर्तन बरालले बताए ।

अस्पतालमा तनहुँ सहित लमजुङ र गोरखाबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् । बिरामीहरुलाई साबुनपानीले हात धुन, सफा खानेकुरा खान, जंकफुड नखान दमौली अस्पतालका चिकित्सक मेडिकल अधिकृत डाक्टर प्रबित खतिवडा सुझाव दिन्छन् । अस्पतालको इमरजेन्सी कक्षमा समेत ५० भन्दा बढी बिरामीले उपचार गराइरहेको अस्पतालले जनाएको छ । १५ बेड स्वीकृत क्षमताको उक्त अस्पतालमा ५० बेडसम्मको सेवा दिइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट वरालको भनाई छ । व्यास नगरपालिका १ गल्वुवेशीका स्थानिय रामराज अधिकारीले अस्पतालमा भिडभाड हुँदा लाइन व्यवस्थापनमा समेत समस्या भएको बताए । लाइन व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.