पोखरीछापमा लिफ्टिङ्ग खानेपानी आयोजना सम्पन्न

तनहुँको भानु नगरपालिका वडा नम्बर १३ को खानेपानी आयोजना सम्पन्न भएपछि घण्टौँ कुुँवाको पानी कुरेर आधारात देखी घरमा ल्याउनुपर्ने समस्याबाट महिलाहरुलाई मुक्ति मिलेको छ ।

आयोजना २०७९ चैत महिनामा सुरु भई २०८० सालको जेठ महिनामा सम्पन्न हुन पुगेको थियो । कुनैपनि योजना परेपछि समयमा काम सम्पन्न नभई बर्षौ लाग्ने परम्पराको अन्त्य गर्दै भानु नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले स्थानिय जनताहरुले खानेपानीको चरम असुविधा भोग्नुपरेका कारण आफुले चुनाव अगाडी नै २ महिनाभित्र नगरपालिका र वडा कार्यालयको पहलमा खानेपानी सुविधा उपलव्ध गराउने बाचाा बमोजिम आफुले यो काम गर्न सफल भएको बताए ।

पोखरीछापका ५६ घरका प्रत्येकलाई घरघरमा धारा वितरण गर्न सफल भएको बताउछन् । भानु नगरपालिकाबाट विनियोजित दश लाख रुपैया र वडा कार्यालयबाट विनियोजित ५ लाख तथा २० प्रतिशत स्थानिय जनश्रमदान गरी उक्त आयोजना सम्पन्न गरिएको अधिकारीको बताए । पोखरीछाप लिफ्टिङ्ग खानेपानीका अध्यक्ष गुनुमाया गुरुङले बषौँदेखी गाग्रीमा डोको र नाम्लोको सहायताले पानी बोकेर खानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

स्थानिय मायादेवी थापा आफ्नो घर अगाडी धारामा पानी आउदा सारै खुशी लागेको बताउदै एक गाग्री पानी ल्याउन आधा रातमा उठी कुवामा कुरेर पानी ल्याउनपर्ने बाध्यताको अन्त्य भएको बताइन् । मायादेवी थापा यता भानु १३ शिव शक्ति आमा समुहकी अध्यक्ष एवं महिला सञ्जालकी अध्यक्ष सीता पौडेल तीन महिनामा नै यसरी पानी खान पाउदा यहाँका दिदिबहिनीहरु सारै खुशी भएको बताइन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.