घुमाउनेको झोलुङ्गे पूल जिर्ण, मर्मतमा सरोकारवालाको पुगेन चासो

तनहुँ,

तनहुँको आँबुखैरेनी गाउँपाकिला ५ र चितवनको भरतपुर महानगरपालिका २९ जोड्ने घुमाउनेमा रहेको झोलुङ्गे पूल जिर्ण बनेको छ । नारायणगढ मुग्लिन सडक खण्ड पहिरोका कारण समय समयमा अबरुद्ध हुने कारण बुद्धसिं मार्ग हुँदै दैनिक सयौँको संख्यामा झोलुङ्गे पुलबाट मोटरसाइकल हिडेपछि पूल जिर्ण बनेको छ ।

त्यस्तै यस सडक भएर आउदा दमौली जान आउन २६ किलोमिटर सडक समेत छोटा पर्दछ । त्यस्तै पुल मर्मतको लागि पटक पटक स्थानियले सरोकारवालालाई आग्रह गरेपनि कुनै सुनुवाई नभएको स्थानियले बताएका छ्न । २०४७ सालमा निर्माण भएको उक्त पुल पुरानो संगै जिण समेत बनेको छ त्यसमा पनि मानिस हिड्ने झोलुङ्गे पुलमा अत्याधिक मात्रामा मोटरसाइकल हिड्ने भएपछि पुल जिर्ण भएको घुमाउनेकी स्थानिय स्यानुमाया थापाले बताइन् ।

मोटरसाइकल नगुडाउनको लागि आग्रह गरेपनि कसैले नसुन्ने गरेको उनको गुनासो छ । स्थानियलाई त्रिशुली नदि वारपार गर्न सहजताको लागि निर्माण गरिएको पुलमा क्षमता भन्दा बढी संख्यामा मोटरसाइकल ओहोरदोहोर गर्दा पुल जोखिम बनेको हो । चितवन जानको लागि ओहोरदोहोर गर्ने पुलमा घुमाउनेबाट मोटरसाइकलहरु बुद्धसिंह मार्ग हुँदै दैनिक सयौँको संख्यामा हिड्ने भएको कारण समेत पूल कमजोर बनेको छ ।

दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउने निस्किने छोटो बाटो भएको कारणले मानिसहरु पुलमा मोटरसाइकल दौडाउने कारणले पनि पुल जिर्ण भएको आँबुखैरनी ५ का स्थानिय अमर राना मगरले बताए ।

आँबुखैरेनी ६ का निवर्तमान वडाध्यक्ष सुनाराम गुरुङले पालिका, प्रदेश सरकार लगायतका सरोकारवालाहरुलाई पूल मर्मतको आग्रह गरेपनि कुनै सुनुवाई नभएको बताए । निर्माण गरेको तीन दशक वितिसकेको र पुण जिर्ण भइसकेको त्यसमा पनि ओझरलोडले समस्या भइरहेको उनको भनाई छ ।

पुलको अधिकांश नटहरु समेत फुत्किएको अवस्था छ भने मानिसहरु हिडडुल गर्दा समेत पुल अत्याधिक हल्लिने गरेको छ । त्यस्तै विभिन्न स्थानमा कुचिने तथा भत्किने समेत समस्या छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.