तनहुँ, १४ साउन
व्यास नगरपालिका ८ का तीन सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण छ । आइतवार व्यास ८ बर्लाचिको सोमजना प्रावी, बाहुनपोखारा वेसीको सहजीवन प्रावि र कृष्णालय प्रावीमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

युवा समाजसेवी विश्वनाथ मिश्रको पहलमा फोर नेसन इन्टरनेशनलका सञ्चालक आशुतोष निउरे, नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरका भाइस प्रिन्सीपल दिपक ढकाल, इन्जिनियरहरु दिवस जोशी, दिनेश पौडेल, सुनिल पोख्रेल, सागर खाम्चा, आमिन प्रधान, राजदीप ओझा लगायतको टोलीले शैक्षिक सामाग्री ति विद्यालयमा पुगेर हस्तान्तरण गरेको हो । शैक्षिक सामाग्रीमा कापी, कलम, इलेजर, कटर, झोला लगायतको शैक्षिक सामाग्री सहयोग गरेको हो ।

व्यास ८ का वडाध्यक्ष युवराज गुरुङको प्रमुख आतित्यतामा भएको कार्यक्रममा, वडा सदस्य रामप्रसाद मिश्र, वडा सदस्य विष्णुमाया राना, मंगला माविका प्रधानध्यापक विष्णुहरी बास्तोला लगायतको सहभागीता रहेको थियो । व्यास ८ का वडाध्यक्ष गुरुङले युवाहरुले सक्रियता पूर्वक वडाका विद्यालयलाई सहयोग गरेकोमा आभार व्यक्त गरे । वालवालिकाको शैक्षिक गुणस्तर उकास्न समेत सहयोग पुग्ने उनले बताए ।









