शंकरराज नहर्की,तनहुँ ,साउन १२ आफुमा भएको प्रतिभा प्रस्फुटन गराउन भुगोलले छेक्दैन र अन्तराष्ट्रिय प्रतियोगीताहरुमा सहभागी भएर पुरस्कृत हुन सहर बजारमा नै बस्नुपर्छ र पढ्नुपर्छ भन्ने कुराको अन्त्य गरिदिएका छन् भानु नगरपालिकाको देउरालीटर भन्ने गाउँका कक्षा ८ मा पढ्ने विद्यार्थी विनायक नेपालीले ।

भानु नगरपालिकाको वडा नंम्बर ८ दउरालीटारमा रहेको निर्जला आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत नेपालीले जापानमा गत वर्ष युनेस्कोद्धारा आायोजीत ऐसियन चित्रकला प्रतियोगितामा उनले बनाएको चित्र प्रथम हुन पुगेको हो । त्यति बेला विनायक नेपाली कक्षा ७ मा पढ्थे । भानु नगरपालिकाबाट सुचना प्राप्त भएपछि विनायकले वाल उद्यान, कोरना, मेरो गाउँ समेटि चित्र बनाएका थिए ।

नेपालबाट छनोट भएका आठ वटा चित्र छनोट गरि जापन पठाइएको थियो । उक्त प्रतियोगितामा एसिया राष्ट्रका धेरै देशका विद्यार्थीहरुको सहभागीता रहेकोमा उनले बनाएको चित्र प्रथम भएसंगै परियारले २ हजार अमेरिकी डलर सहित मेडल प्राप्त गर्न सफल भएको भानु नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवं निर्जला आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर बहादुर घिमिरेले बताए । विद्यालयका प्रधानध्यापक प्रतिमा खनाल विनायक सानैबाट मेहनती, लगानशीले तथा चित्रकलामा पोखत भएकाले उक्त पुरस्कार प्राप्त गर्न सकेको बताउछिन् ।

भानु नगरपालिका शिक्षा समितिका प्रमुख ध्रुवराज पौडेल विनायक विनायक नेपाली एसियामै प्रथम हुुनु भानु नगरपापिकाकाे मात्र नभएर सिङ्गाे नेपालकै गौरवको विषय रहेको बताउछन् । विनायकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भानुमा आयोजीत एक कार्यक्रमका बिच पुरस्कृत गरेका थिए । साथै विनायक नेपालीको थप हौसला बढाउन गण्डकी प्रदेशबाट नगद ३० हजार सहयोग गर्ने प्रतिवद्र्धता पनि त्यस अवसरमा गरेका थिए ।












