तनहुँ समाज हङकङद्धारा मृगौला पीडितलाई ४लाख ६० हजार सहयोग

समाजमा आपत विपत र समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको तनहुँ समाज हङकङले व्यास नगरपालिका–५ पतेनी निवासी मृगौला पिडित २२ वर्षीय रुपेश नेपालीलाई आर्थिक सहयोग गरेको छ । समाजले नेपालीको उपचारका लागि नगद ४ लाख ६० हजार आर्थिक सहयोग गरेको हो । मंगलबार दमौलीमा पीडित युवकका बुबा रामबहादुर नेपालीलाई सहयोग स्वरुप उक्त रकम तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, तनहुँ समाज हङकङका पूर्वअध्यक्षदोय जंगबहादुर थापा र भिमबहादुर गुरुङ,समाजका तनहुँ संयोजक प्रदिप काफ्लेले सयुक्त रुपमा उक्त रकमा हस्तान्तरण गरे ।

त्यस अवसरमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले तनहुँ समाज हङकङले आपत विपत र दुखमा परेकाहरुलाई खाईनखाई सहयोग गरेको रकम हस्तान्तरण गर्नु एक उदाहरणीय काम भएको बताए ।

समाजका पूर्व अध्यक्ष भीमराज गुरुङले तनहुँ समाज हङकङले आपत विपद र दुखमा परेकाहरुलाई यस अगाडी पनि सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले हङकङमा रहेका तनहुँका दाजुभाई तथा दिदिवहिनीहरुले खाईनखाई संकलन गरेको रकम पिडामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने गरेको बताए ।

तनहुँ समाज हङकङले हालसम्म ८ जना मृगौला पीडित, एक जना मुटु रोगी, करेण्ट लागेर हात गुमाएका एक जनालाई र एक जना क्यान्सर पीडितलाई गरि लाखौं सहयोग गरिसकेको छ । यसका साथै विभिन्न प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई पनि समाजले सहयोग गर्दै आएको छ ।०७२ सालको भुकम्प पश्चात जिल्ला विपत् कोषलाई ३ लाख ५० हजार र २४ वटा विद्यालयलाई जस्तापाता तथा नगद गरि १२ लाख भन्दा बढी आर्थिक सहयोग गरेको थियो । त्यस्तै ऋषिङका पहिरो पीडित परिवारलाई २ लाख ६४ हजार आर्थिक सहयोग गरेको बताइएको छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.