फेदीखोलाको पुलमा तोडफोड गर्ने लाई कारवाहीको माग गर्दे ज्ञापनपत्र ।


भीमाद नगरपालिकाको वडा नं ५ र रिसिङ गाँउपालिकाको वडा नं ८ जोड्ने फेदीखोलाको पक्की मोटरवेल पुलमा अराजक तत्ववाट तोडफोड गरिएको घटना प्रति नेकपा एमाले भीमाद नगर कमिटीले कारवाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।


गण्डकी प्रदेश सरकारको योजना निर्माण सम्पन्न भएको भीमाद नगरपालिकाको वडा नं ५ र रिसिङ गाँउपालिकाको वडा नं ८ जोड्ने फेदीखोलाको पक्की मोटरवेल पुलको मिती २०७८।११।२९ गते गण्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङको वाहुलीवाट समुदघाटन भएको पुलमा राखिएको शिलालेखलाई केही उच्छुच्खल व्यक्तिहरुले यहि श्रावण १७ गतेको रातीको समयमा तोडफोड गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराँउदै उक्त उच्छुङखल तत्वको खोजी गरि कारवाही गर्न जिल्ला प्रशासन कार्यलय सँग माग गरिएको भीमाद नगर कमिटीका अध्यक्ष ईमानसिंह थापाद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.