तनहुँको आवुँखेरेनी गाँउपालिकामा व्राम्हण समाज गठन गरिएको छ । समाज केन्द्रीय कमिटीका सदस्य उपेन्द्र लम्सालको प्रमुख आतिथ्यता तथा केशवनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे र जिल्ला परिसद सदस्य वासुदेव पुडासैनी को उपस्थीति रहेको थियो ।

पालिकामा गठित व्राम्हण समाजले व्राम्हण जातिहरुको संविधानमा रहेको जातिय अधिकार को हकहित को लागी लड़ने संगठन का केन्द्रीय कमिटी का सदस्य उपेन्द्र लम्सालले वताउनुभयो । यस आवुखैरेनीमा गठीत व्राम्हण समाजले सम्पुर्ण आवुखैरेनी मा रहेका व्राम्हणहरुको हितको लागी लम्सालले वताउनुभयो । भेलामा ७३ जना व्राम्हण जाति हरुको उपस्थिती रहेको थियों । उपस्थित भेलाले अध्यक्षमा गंगाराम कोईराला, उपाध्यक्षमा हरी कारखेती सचिवमा अच्युत राज वाग्लेलाई चयन गरेको छ । जातिय भेदभाव लाई हटाई व्राम्हण जाति लाई पनि आफ्नो अधिकार सुरक्षीत गरि आफ्नो जाती धर्म र संस्कृति को जर्गेना गर्ने साथै व्राम्हण जातिको हितको लागि लड़ने अध्यक्षमा कोईरालाले वताए ।









