के हो ‘वर्ग संघर्ष’ ?

वर्ग सघर्ष विभिन्न वर्गहरुको एकदमै प्रतिकुल सामाजिक स्थिती र परस्पर विरोधी हितहरुवाट जन्मिन्छ । वर्गीय हित वर्ग चेतनाको स्तरले मात्र निर्धारित नभई सामाजिक उत्पादनमा वर्गहरुको स्थिति र भुमिकावाट समेत निर्धारित हुन्छ ।
वर्गिय हितहरुको टक्करले वर्गहरुवीच संघर्ष जन्माउँछ भने विभिन्न वर्गहरुको हितहरुको समानताले तिनीहरु मिलेर काम गर्ने सम्भावनालाई वढाउँछ । दासहरु वन्धनवाट मुक्त हुन चाहन्छन् । किसान र मोहीहरु जग्गा धनीलाई कृत तिर्न नपरोश भन्ने चाहन्छन् भने सामन्ती जमिन्दार कृतलाई छोड्नुको सट्टा वढाउन चाहन्छ । पूजीपति मजदूरलाई थोरै भन्दा थोरै ज्याला दिन चाहन्छ भने सर्वहारा आफुले आर्जन गरेको सम्पुर्ण मूल्य लिन चाहन्छ ।
वर्ग विभाजित समाजहरुमा विकासको प्रेरक शक्तिको रुपमा वर्ग संघर्ष हुन्छ भन्ने माक्र्सवादी प्रस्थापनाको अर्थवर्ग संभर्षउत्पादक शक्तिहरुको विकासको मुख्य कारण हुन्छ भन्नु होईन । समाजको वर्गिय संरचना र त्यसले जन्माउने वर्ग संघर्ष आफैमा उत्पादक शक्तिहरु र उत्पादनका सम्वन्धहरुको विकासद्धारा निर्धारित हुन्छन् । वर्ग संघर्षले ऐतिहासिक विकासको प्रेरक शक्तिको रुपमा किन काम गर्दछ भने त्यको माध्यामवाट पुरानो सामाजिक प्रणाली फयाकिए र नयाँ उच्चतम सामाजिक प्रणाली कायम हुन्छ । उत्पादन शक्तिहरु र उत्पादन सम्वन्धहरुको वढ्दो अन्तरविरोधले, अर्थात आर्थिक शोषण र त्यसवाट जन्मिने अरु सवै अन्तरविरोधहरुले वढ्दो अन्याय, अत्याचार, शोषण र दमनले शोषितहरु वढी आक्रोशित, चेतनशीर संगठित हुन पुग्दछन् । शोषितहरु आफनो आर्थिक–सामाजिक स्थितीमा मौलिक परिवर्तन ल्याउन चेतनशील रुपमा अगाडी वढ्दछन् र सामाजिक क्रान्ति गर्दछन् ।
श्रमिक वर्गले आफनो वर्ग संघर्षलाई आर्थिक, राजनितिक र विचारधारात्मक क्षेत्रमा संचालन गर्दछ । आर्थिक संघर्ष सर्वहाराको वर्ग संघर्षको प्रारम्भिक रुप हो । आर्थिक संघर्ष मार्फत श्रमिक वर्गले आफनो दैनिक आर्थिक स्थितीलाई सपार्ने प्रयास गर्दछ । मजदुरी वढाउने, शिक्षा–स्वास्थ्य सुविधा पाउने, वृद्धभत्ता, असहाय भत्ता, विवृत्तिभरण, वेरोजगारी भत्ता, महंगी भत्ता, आवासको सुविधा, निशुल्क शिक्षा र स्वास्थ्य सेवाहरु पाउन गरिएका हड्ताल, जुलुश ईत्यादि आर्थिक संघर्षका विविध रुप हुन् ।
वयस्क नागरिकले मतदान गर्नृ अधिकार, स्वतन्त्र र निष्पक्ष निर्वाचन, मौलिक र प्रजातान्त्रिक अधिकारहरु एवं मानव अधिकारको पुर्ण सुरक्षा, संसदमा पुगेर प्रतिपक्षमा वस्ने र सरकार वनाउने अधिकारको संरक्षण एवं शोषक वर्गहरु र तिनका राजनितीक पार्टीहरुको कुप्रचारको खण्डन गर्ने अधिकार ईत्यादि राजनीतिक संघर्ष अन्तरगत पर्दछन् ।
बिचारधारात्मक संघर्ष मार्फत शोषित जनसमुदायलाई वर्गहरु र तिनका राजनितीक पार्टीहरुले राज्यको कानून, नियम, कार्यक्रममा रहेको वर्गीय चरित्रको जानकारी दिन्छन् । वर्गीय दृष्टिकोणको आधारमा समाज, वर्गहरु,राज्य, राजनीतिक पार्टीहरु र अरु सामाजिक–आर्थिक सम्वन्धहरुको विश्लेषण गरिन्छ ।
आर्थिक, राजनीतिक, चिराधारात्मक संघर्षहरु अनयोन्याश्रित हुन्छन् । अन्तरसम्वन्धित हुन्छन् । एउटाको अभावमा अर्कोको सफल संचालन गर्न सकिन्न । वर्ग संघर्षको यी विविध मोर्चाहरु मार्फत श्रमिक वर्गहरुलाई चेतनशील, संगठित र आफुलाई चिन्न सक्ने वनाईन्छ । आमुल क्रान्तिकारी पार्टीले शोषित वर्ग र उपवर्गहरुलाई तिनीहरुको ऐतिहासिक दायित्व वोध गराउने कार्य गर्दछ । यो कार्यले वहुमत शोषितलाई राजनीतिमा निर्णायक हुने दिशामा लग्दछ । क्रान्ति, कुनै राजनीतिक पार्टी स्वयंले गर्ने होईन । परिवर्तन गर्न गरिने संघर्षहरु आर्थिक, राजनीतिक, वैचारिक, सामाजिक, साँस्कृतिक, जनजतीय आन्दोलनहरु ईत्यादिका रुपमा हुने गर्दछन् ।
– माक्र्सवादी अध्ययनका लागि केही सन्दरभ समाग्रीहरुवाट साभार

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.