पराशर माध्यमिक विद्यालयमा विद्यालय सुधार कार्ययोजना अध्यावधिक कार्यशाला सम्पन्न।
व्यास नगरपालिका वडा नं ५ पाटन स्थित पराशर माध्यामिक विद्यालयले विद्यालयमा निर्मित विद्यालय सुधार योजना २०७८-o८२ अन्तर्गत तेस्रो वर्ष शैक्षिक सत्र २०८० को विद्यालय सुधार योजना अद्यावधिक कार्यशाला शुक्रबार सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षता तथा व्यास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यशाला सम्पन्न भएकाे थियाे। त्यस अवसरमा श्रेष्ठले विद्यालयले उत्कृष्ट कार्य गर्दै आएकोमा आगामी दिनपनि असल अभ्यासलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै पठन पाठनलाई प्रविधिमैत्री, विद्यार्थी मैत्री बनाउन विद्यार्थी को रुचि अनुसारका संगीत तथा खेलकूदलाई पाठ्यक्रम सँग जोड्न सके शैक्षिक उपलब्धि हासिल गर्न सजिलो हुने विचार व्यक्त गरे। कार्यशालामा विद्यालयको वर्तमान अवस्था, असल विद्यालय बनाउने उपायहरु,विद्यालय सुधारका थप उपायहरु, शैक्षिकसत्र २०७९को प्रगति समीक्षा तथा सिकाइ आदनप्रदान, शैक्षिकसत्रमा शिक्षक तथा विद्यार्थीको उपस्थिति विश्लेषण, सामाजिक लेखापरीक्षण तथा विद्यालय अनुगमनमा देखिएका सुझावहरूको प्रस्तुति एवं विद्यालयको स्व मूल्यांकन चेक लिस्ट प्रस्तुत गर्दै विद्यालयले सञ्चालन गरेका असल अभ्यासलाई निरन्तरता दिँदै आगामी वर्ष विद्यालयलाई थप सुधार गर्न सुझाव संकलन गरीएको थियो।

विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले स्वागत मन्तव्य राख्दै कार्यशालाकाे उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले विद्यालयका असल अभ्यासहरु तथा विद्यालयका भावी योजनाको बारेमा आफ्नो प्रस्तुती राखेका थिए ।सो अवसरमा वडासदस्य केशरी थापा ,अभिभावक शिक्षक सङ्घका अध्यक्ष नरबहादुर आले, बाल मन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेंद्र प्रसाद खनाल, समितिका पूर्व अध्यक्ष नरबहादुर रानाभाट, मनुङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र थापा ,, शिक्षक रुपा श्रेष्ठ, बिद्यार्थी बिर्सना दरै लगायतका वक्ताहरुले विद्यालयको असल कार्यहरुलाई निरन्तरता दिनुका साथै आगामी वर्ष गर्नुपर्ने थप कार्यक्रमहरूको सुझाव दिएका थिए।

कार्यशालाले बार्षिक कार्ययोजना २०८० काे अद्यावधि तयार गर्नको लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षत्रीको संयोजकत्वमा नर बहादुर आले, रामदत्त पौडेल समीक्षा थापा, अमृता आले र बिर्सना दराई रहेको लेखन समितिसमेत गठन गरेको छ। समितिले वार्षिक कार्यान्वयन योजना लेखन कार्य संपन्न गरी विद्यालय व्यवस्थापन समितिबाट अनुमोदन गरी भेलामां सार्वजनिक गर्ने योजना रहेको सहायक प्र अ अनिता काफ्लेले बताईन्।








