व्यास १ मा रहेकाे आदिकवि भानुभक्त क्याम्पस र व्या स १४ मा रहेकाे रुम्सि टोल विकास संस्था विच विहिवार रुम्सिमा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रम टोलका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्व डिएसपि नर बहादुर थापाको अध्यक्षतमा भएको थियो।

सो अन्तरक्रियामा क्याम्पसका तर्फवाट सञ्चालक समितिका सदस्य एवं क्याम्पस दौतरी गाउँ छनौट समितिका संयोजक हरि सिं गुरुङ्ग, समितिका सदस्य एवं क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सदस्य एवं आदिकवि भानुभक्त माध्यमिक विद्यालयका अध्यक्ष ऋषिराम ढुंगाना, सदस्य एवं लायन्स क्लव अफ तनहुँका अध्यक्ष किशोरराज खनाल र सदाय एवं स्ववियु सभापति गौरव पन्थको सहभागीता रहेको थियो।

अन्तरक्रियामा क्याम्पस र सांस्कृतिक गाउँ रुम्सि विच मितेरी सम्बन्ध कायम गरि उक्त गाउँको सामाजिक, आर्थिक, पर्यावरणीय, कृषि, पर्याटकिय र शैक्षिक तथा सांस्कृतिक विकासमा सहकार्यको सम्भावनाका बारेमा क्याम्पस प्रमुख हड्खले र संयोजक गुरुङले सहजीकरण गरेक थिए । दोश्रो सिंगापुर र लाहुरेहरुको गाउँ उपनामहरुले चर्चीत उक्त गाउँ मगर संस्कृतिका लागी चर्चीत रहेको छ । एकै ठाउँमा झुरुप्प एक सय १६ घर धुरि भएको सो गाउँवाट मनोरम हिमश्रृङ्खला र मध्यपहाडी टाकुराहरुको दृष्यावलोकन गर्न सकिन्छ।

अन्तरक्रियाको संयोजन ब्यास १४ का वडा अध्यक्ष काजीमान श्रेष्ठले भेलाकाे सहजिकरण गर्दै ग्रमिण पर्याटनको धेरै सम्भावना बोकेको रुम्सिको एकिकृत विकासमा वडा कार्यालय प्रतिवद्ध रहेकाे बताए। कार्यपालिका सदस्य नरिमाया राना, वडा सदस्य दुर्गा बहादुर थापा, सामुदायीक वनका अध्यक्ष कर्ण बहादुर थापा, शिवशक्ति आमा समूहका अध्यक्ष नन्द कुमारी थापा, प्रगतिशिल युवा क्लवका अध्यक्ष रुद्र थापा, केशवटार माविका अध्यक्ष राम आले, समाजसेवी सुवेदार पदम बहादुर थापा, ज्ञान बहादुर थापा, भद्र बहादुर थापा, याम बहादुर आले, गान बहादुर राना, कुमार थापा लगायतले सहभागीता रहेकाे थियो।













