नेपाली कांग्रेसका नेता शेखर कोईरालाले बाहिर आएका सुनकाण्ड लगायतका विषयमा वयान लिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति क्षेत्र नं १ तनहुँको आयोजना गरेको क्षेत्रीय सम्मेलनमा भनाई राख्दै उनले सो भनाई व्यक्त गरेका हुन् । सुनकाण्ड लगायतका विषयमा विवाद आएपछी त्यसको अनुसन्धान हुनुपर्ने र विवादमा आएका व्यक्तिसंग वयान लिनुपर्ने बताए । अनुसन्धानको लागि वयान लिनुपर्छ दोषी भए कारवाही गर्ने निर्दाेष भए सफाई पाउने उनको भनाई छ । तनहुँमा नेता कार्याकर्ताले अझैपनि गुटको कुरा गर्न आवश्यक नभएको कोइरालाको भनाई थियो । तनहुँमा रामचन्द्र पौडेल सम्मानित पदमा गएको जोशी पार्टीमा नभएपछि गुटको कुरा गर्न नहुने कोइरालाले बताए ।
तनहुँमा कांग्रेसका कार्यकर्ता एवं सुभेच्छुकरूले सतप्रतिशत भोट दिएको भए बैशाख १० को उप निर्वाचन कांग्रेसका उम्मेदवार नहार्ने कोइरालाको दाबी थियो । भ्रष्टाचारको विषयमा शून्य सहनशीलता लिनुपर्ने र त्यस्तो पार्टी नेपाली कांग्रेस भएपनि अहिले सो विषयमा पार्टी केही अल्मलिएको जस्तो देखिएको डा कोइरालाको भनाई थिया । नेपाली कांग्रेसलाई चौतर्फी आक्रमण भएको डा कोइरालाको भनाई छ ।
देशमा धार्मिक र जातिय द्वन्द निम्याउने प्रयास भएको डा कोइरालाको भनाई थियो । धरानमा भएको घटनाले बाहिर देख्दा धार्मिक द्वन्द्व भएपनि यसले जातिय द्वन्द्व निम्त्याउने खतरा रहेको उनले बताए ।

नयाँ नक्साको विषयमा भारत र चिनले वास्ता नगर्नु कुटनैतिक रूपमा कमजोर देखिएको उनले बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तनहुँको नेपाली कांग्रेस पार्टीमा महत्त्वपूर्ण योगदान रहेको बताए । अहिलेको संघियता देशको हितको पक्षमा नरहेको बताए । वर्तमान संघिय संरचनामा पूनर्विचार गर्नुपर्ने र आफुले त्यस विषयमा निरन्तर आवाज उठाईरहेको भण्डारीको भनाई थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले देशमा महत्त्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको बताए । कांग्रेसले गरेको कामलाई बहिर ल्याउनुपर्ने उनले बताए ।
कांग्रेस केन्द्रीय सदस्य धुर्व वाग्लेले मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको दाबी गरे ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ सभापति श्याम मौरातीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका पार्टी सभापति जीत प्रकाश आले, निवर्तमान पार्टी सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेले, नेपाली कांग्रेस कास्की पूर्व सभापति यज्ञ बहादुर थापा, नेपाल महिला संघ केन्द्रीय सदस्य चिनु पोख्रेल लगायतले भनाई राखेका कार्यक्रमको स्वागत नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश सभा १ सभापति विश्वेश्वर खनालले गरेको कार्यक्रमको सहजीकरण क्षेत्रिय सचिव दयानिधि नरालले गरेका थिए । कार्यक्रममा कांग्रेसका कार्यकर्ताहरुले पार्टीले गाउँका किसानका, भुईमान्छेका समस्यामा ध्यान नदिएको र पार्टीलाई सुधार्न मुहानबाट नै सुरुवात गर्नुपर्ने बताएका थिए ।








