व्यास-१४ मा २४१ घरपरिवारको जग्गा नापी कार्य सम्पन्न


राष्ट्रिय भूमि आयोगले व्यास नगरपालिका वडा नं १४ मा भूमिहीन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थित जग्गाको नाप जाँच कार्य सम्पन्न भएको छ । भाद्र १० गते देखि शुरु भएको जग्गाको नापजाँच कार्यमा ६ जना भूमिहिन सुकम्वासी, २ जना दलित सुकुम्वासी र २३३ जनाको अव्यवस्थित जग्गाको नाँपजाच सम्पन्न भएको वडा सदस्य दुर्गा वहादुर आलेले जानकारी दिनुभयो ।


कुल २४१ परिवारको नापजाच भएको जग्गाको कुल क्षेत्रफल ९८२ रोपनी १ आना २ पैसा ३ दाम रहेको छ । यो सँगै व्यास नगरपालिका वडा नं १४ मा नापजाँचको कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.