नेकपा (एमाले) गण्डकी प्रदेश अधिवेशनको प्रतिनिधी मनोनयन दर्ता यही असोज ६ गते हुने भएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको यही असोज १४ र १५ गते पहिलो पटक हुन लागेको अधिवेशनका लागी प्रतिनिधी मनोनयन दर्ता ६ गते हुनेछ भने सर्वसम्मत नभए असोज ९ गते मतदान मार्फत टुङग्याउने नेकपा (एमाले) तनहुँका उपाध्यक्ष हरिराज कडेलले वताए ।
नेकपा (एमाले) तनहुँमा कुल रहेको ६४९८ जना सदस्य रहेको र सोही सदस्यवाट प्रतिनिधी चयन गरिने छ । अन्य सदस्य १०० वरावर १ जना, दलित प्रतिनिधी ६० वरावर १ जना र सिङ्गो भुगोललाई नै एक निर्वाचन क्षेत्र मानेर ५० जना मजदुर वरावर १ जना प्रतिनिधी चयन हुने उपाध्यक्ष कडेलले वताए ।

तनहुँका १० वटा पालिकालाई निर्वाचन क्षेत्र मानेर हरेक पालिकामा प्रतिनिधी चयन गरिनेछ । नेकपा (एमाले) व्यास नगर कमिटीका कार्यवाहक अध्यक्ष तुलसीराम पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य एक वहादुर राना, प्रदेश सदस्य मोहन विश्वकर्मा, श्रीराम कार्की, पार्टी उपाध्यक्ष हरिराज कडेल, सचिव राजेश्वर ढकाल, उपसचिव प्रदिपराज अधिकारीले वैठकमा धारणा राखेका थिए ।









