व्यास नगर कमिटीवाट ११ जना प्रतिनिधी हुनेमा कुल २० जनाको मनोनयन दर्ता (को को परे ? नामावली सहित)


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागी व्यास नगर कमिटीवाट ११ जना प्रतिनिधी हुनेमा कुल २० जनाको मनोनयन दर्ता भएको छ ।
खुल्लातर्फ ५ जना र ४० वर्ष वर्ष मुनिका १ जना गरि ६ जना प्रतिनिधी हुने व्यवस्था रहेकोमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा प्रदिपराज अधिकारी, अमर वहादुर भण्डारी, तुलसीराम पाण्डे, ईश्वर वहादुर विष्ट, श्रीराम कार्की, ताराराम श्रेष्ठ, ऋषिराम भुषाल, अनिल पाण्डे र विरेन्द्र वहादुर अधिकारीले प्रतिनिधी चयनमा मनोनयन दर्ता गराएका छन् ।
यस गरि महिला तर्फ २ जनाको प्रतिनिधित्व हुनेमा ५ जनाले मनोनयन दर्ता गराएका छन् जसमा विन्दु वस्नेत, वेदकुमारी वाग्ले, वसुन्धरा घर्ति, सिता कैनी र सिता पाण्डे रहेका छन भने दलित पुरुषमा मोहन विश्वकर्मा, दलित महिलामा १ जनाको प्रतिनिधीत्व हुनेमा संगिता परियार र कविता वरालीले मनोनयन दर्ता गरेका छन् ।
यसैगरि युवा तर्फ १ जनाको प्रतिनिधित्वमा मदन तिमल्सेना र सरु कुमालले दर्ता गरेका छन् भने मजदुरमा वम वहादुर थापाले प्रतिनिधी छनौटका लागी दर्ता गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण्डकी प्रदेशको प्रथम अधिवेशन यहि असोज १५ र १६ गते पोखरामा हुदैछ । प्रतिनिधी चयनका लागी हरेक पालिकामा असोज ६ गते मनोनयन दर्ता गर्ने र सर्वसम्मत नभए प्रतिनिधी चयनका लागी ९ गते मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितीले जनाएको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.