डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक समन्वय सम्बन्धि कार्यक्रम

जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि आवश्यक समन्वय सम्बन्धि कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा व्यास नगरपालिकामा मात्रै डेङगी संक्रमण किन बढेको हो यसको बारेमा खोजी गर्न आवश्यक रहेको बताए । सर्वप्रथम उपचारको लागि आम नागरिक जाँदा सरकारी अस्पतालमा उपचार गर्न जानुपर्ने समन्वय प्रमुख वाग्लेले बताए । सबैले डेङ्गी सम्बन्धी सचेतनामा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो ।

व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले विरामी भएपछि क्लिनिकमा पसलमा जानुभन्दा अस्पतालमा उपचारको लागि जानुपर्ने बताए । संवेदनशील समयमा सबै सचेत हुनुपर्ने नगरप्रमुख न्यौपानेको भनाई थियो ।

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले सबैको आवश्यक समन्वय सहकार्यबाट डेङ्गु नियन्त्रण गर्नुपर्ने बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा उनले सजगता बढाएर डेङ्गी नियन्त्रण गर्नुपर्ने बताए ।

जिपि कोईराला राष्ट्रिय स्वासपश्वास केन्द्रका प्रमुख डा राम कुमार श्रेष्ठले सबै जिम्मेवार भएर काम गर्नुपर्ने बताए । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले व्यास नगरपालिकामा अत्याधिक मात्रामा डेड्गी फैलिएको र यसलाई नियन्त्रणमा लिन असहज भएको बताए ।

डव्लुएचओ का प्रतिनिधि राजिव लालचनले लामखुट्टेबाट जोगिने आवश्यक रहेको बताउदै सचेतनालाई विद्यार्थी माँझ सञ्चालन गर्नुपर्ने बताए । अभियानसंगै तथ्याङक समेत लिनुपर्ने उनको भनाई छ ।

दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन वरालले अनमी, अहेव बाट स्वास्थ परिक्षण नगरी अस्पतालमा आएर स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए । पछिल्लो समय जिल्लाबासीमा सचेतना बढेको कारण पनि अस्पतालमा विरामीको संख्या समेत बढेको उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, नेकपा एमाले तनहुँका उपाध्यक्ष हरिराज कडेल, एकिकृत माओवादी व्यास नगर कमिटीका अध्यक्ष रामचन्द्र सापकोटा, रास्वपाका नेता विश्व वास्तोला, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, व्यास ५ का वडाध्यक्ष विष्णु श्रेष्ठ, व्यास ३ का कार्यवहाक वडाध्यक्ष दघिराज घिमिरे, पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारी, पत्रकार नारायण खड्का, पत्रकार पूर्ण विके लगायतले भनाइ राखेका थिए । तनहुँमा मंगलवारसंग डेङगी संक्रमितको संख्या १८९६ रहेकोमा व्यास नगरपालिकामा मात्रै १६५० जना मात्रै संक्रमित छन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.