एमाले गण्डकी प्रदेशको अध्यक्षमा ७ जनाको दावी, शर्मा र अधिकारी भिड्ने सम्भावना बढ्यो ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा वर्तमान अध्यक्ष नवराज शर्मा र पार्टीको केन्द्रिय सदस्य मायानाथ अधिकारी भिड्ने सम्भावना वढेको छ । अध्यक्षमा कृष्ण थापा, तनहुँका पुर्व अध्यक्ष केदार सिग्देल, राजीव पहारी, वागलुङका जिल्ला अध्यक्ष हीरावहादुर केसी र सोभियत ढकालको दावी रहेता पनि अन्तिम समयमा शर्मा र अधिकारीको वीचमा चुनाव हुने सम्भावना वढेको हो ।
गण्डकी प्रदेशको ११ जिल्लावाट कुल ९ सय ७ जना प्रतिनिधीले प्रतिनिधित्व गर्ने अधिवेशनवाट १६५ जनाको प्रदेश कमिटी वन्नेछ ।
पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य किरण गुरुङ, थममाया थापा, खगराज अधिकारी, पोलिटव्युरो सदस्य जगत विश्वकर्मा लगायतले सम्वोधन गरेका थिए ।
अधिवेशनमा कास्की जिल्लावाट सवैभन्दा धेरै १ सय ४६ प्रतिनिधी सहभागी हुदैछ भने स्याङजावाट १ सय १३, पर्वतवाट १ सय १०, नवलपुरवाट १ सय ९, मनाङवाट १४, मुस्ताङवाट १६, गोरखावाट ५३, तनहुँवाट ८२, लमजुङवाट ६५, म्याग्दीवाट ४२, वागलुङवाट ७२ र जनसंगठनवाट ८६ गरि कुल ९ सय ७ प्रतिनिधीले सहभागिता जनाउने छन् ।
अध्यक्ष पदका प्रतिष्पर्धाको दावेदार नवराज शर्मा म्याग्दीका हुन् भने शर्मा संविधान सभाका सदस्य समेत हुन भने वर्तमान गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत हुन् । यसैगरि अर्का अध्यक्षका दावेदार मायानाथ अधिकारी पार्टीका केन्द्रिय सदस्य हुन् । ०७४ सालको गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लमजुङवाट प्रतिनिधीत्व गर्देछन् । यसैगरि अध्यक्षका दावी गरेका केदार सिग्देल ०७४ का तनहुँ क्षेत्र नं २ का संघिय सासंद हुन भने तनहुँ जिल्लाका पुर्व अध्यक्ष समेत हुन् ।
यसैगरि प्रदेशको सचिवमा धनन्जय दवाडी र रश्मि आचार्यले दावी गरेका छन् ।
१७ गते मतदान हुने कार्यक्रममा आफनो आफनो पक्षको नेतृत्व हत्याउन एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सक्रिय वनेका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.