लायन्स क्लव अफ तनहुँ दमौलीले विजयी दशमीको अवसरमा लायन्स कपडा वैकद्धारा कपडा वितरण गरेको छ । क्लवको अध्यक्ष ओमराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा व्यास ११ मा वस्ने चेपाङ समुदाय तथा निम्नवर्गका ३०० जना भन्दा वढीलाई कपडा वितरण गरेको हो ।

कपडा वितरण कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष दल वहादुर दुराले क्लवले गरेको कार्य अति नै सहनिय भएको वताए । समाजमा रहेको विपन्न वर्गलाई लत्ता कपडा सहयोग गरेर क्लवले मानवताको नमुना दिएको अध्यक्ष दुराले वताए । यसैगरि कार्यक्रमका अध्यक्ष ओमराज श्रेष्ठले क्लवले विभिन्न समाजिक क्षेत्रमा काम गर्दे आएको हुदाँ यस्ता जनमुखी योजना नै क्लवको मुख्य उद्येश्य भएको वताए । समाज रुपान्तरण र विकासमा क्लवले अगामी दिनमा पनि काम गर्ने हुदाँ सवैको साथ र सहयोगले अगाडी वढ्ने समेत अध्यक्ष ओमराज श्रेष्ठले वताए । मानवको सेवा नै धर्म भएको क्लवको मान्यता रहेको हुदाँ समाजमा रहेको पिछडिएको वर्गका लागी क्लव हरेक वर्ष कपडा वितरण गर्दे आएको समेत वताए ।
कपडा वितरण कार्यक्रममा सहभागीहरुले क्लवले गरेको कार्यक्रमले आम पिछडिएको वर्गमा ठुलो राहत पुगेको वताए ।

व्यास–११ का वडाध्यक्ष दल वहादुर दुराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, लायन्स क्लव ३२५ का राजकुमार रुेष्ठ राकु, जामुने टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र अधिकारी, नेपाली काग्रेस वडा सभापति देव वहादुर थापा, क्लवका द्धित्तिय उपाध्यक्ष मनवहादुर रुचाल, सन्तोष दाहालले धारणा राखेका थिए भने कार्यक्रमका संचालन क्लवका सचिव सुदिप न्यौपानेले गरेका थिए ।








