व्यवसायिक सयपत्री फुलको खेतीमा रमाउँदै सुसन


स्थानिय स्तरमा कृषि कर्ममा रमाएका म्याग्दे ५, स्थित ठुलोखेत कृषि तथा पशुपालन फर्मका संचालक सुसन पौडेलले तिहार लक्षित पुष्प खेती गरेका छन् । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८०।०८१ का पुष्प खेती विकास कार्यक्रम अन्तरगत ४ रोपनी क्षेत्रफलमा आईटी आरेन्ज सयपत्री जातको फुल खेतीकोे उत्पादन गरेका हुन् ।


पौडेलले पालिकावाट ५० हजार अनुदान प्राप्त गरि गरि कुल ८० हजारको लगानीमा सयपत्री फुलको व्यवसायिक खेती गरेका हुन् । चाडवाडको अवसरमा वर्षेनी लाखौ रुपैया विदेशिई रहेको सन्दरभमा स्थानिय वजार र आवश्यकतालाई ध्यानमा राखेर तिहारमा खपत हुने फुल उत्पादनमा लागेको पौडेलले वताए । हेर्दा समान्य लागेता पनि तिहारमा फुल खरिदमा ठुलो रकम वाहिरिने हुदाँ त्यसको आपुर्ति स्थानिय स्तरवाट गर्न सकियो भने स्वदेशी उत्पादन सँगै रोजगारको अवसर पनि सिर्जना हुने र आर्थिक रुपमा पनि टेवा पुग्ने पौडेलले वताए ।


विगतको तिहारमा प्रति फुलको थुगाँ ६ रुपैयामा किनेको अनुभव वटुलेको पौडेलले खुद्रा विक्री गर्न सकेमा करिव ३ लाख वरावरको आम्दानी हुने अपेक्षा गरे । तिहारमा वाहिर देशवाट आउने फुल रोक्न सकिएमा फुलको व्यवसायले रोजगारीको अवसर सँगै आर्थिक उपार्जन पनि गर्न सकिने उनले वताए । मालाको २०० रुपैया सम्म खुद्रा वजार भाउ रहेता पनि सुपथ मुल्यमा फुलको विक्री गर्ने लक्ष्य राखेको पौडेलले वताए ।
आईटी आरेन्ज सयपत्री जातको फुल उत्पादन गरेको पौडेलको पुष्प खेतीले स्वदेशमा नै केही गर्न सकिने प्रेरणा मिलेको त छ नै फुलको सुगन्धले गाँउ नै हराभरा र सुगन्धित वनेको छ ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.