नेवाः देय दवु गुठी समन्वय समिती व्यास नगरको आयोजनामा तनहुँको दमौलीमा न्ह्युदयाँ भिन्तुना नेपाल सम्वत् ११४४ कछलाथ्व तिथि भव्यताको साथ मनाईएको छ । अमुल्य भाषा संस्कृतिको संरक्षण सम्वद्र्धन गर्दे नयाँ पुस्तालाई हस्तान्तरण गरौ भन्ने मुल नाराका साथ नेपाल सम्वत ११४४ मनाईएको हो ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्तको लागी प्रयोग गरिएको रंजना लिपि नेवारहरुको भाषा भएको हुदाँ नेपालको नयाँ वर्षको रुपमा नेपाल सम्वत्लाई मान्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । लक्ष्मीपुजाको दिनमा नै वर्षोभरको आम्दानी खर्चको हिसाव किताव गरिने र तत्कालिन समयमा शंखधर साख्याले आफनो ऋण तिर्न नसक्ने ऋणीहरुलाई ऋण मोचन गरेको हुदाँ आजको दिनलाई नेवार समुदायले नयाँ वर्षको रुपमा नेपाल सम्वत मनाउदै आएको छ । नेवार समुदायको संस्कृति तथा परम्पराले देश तथा विदेशमा मान्यता पाएता पनि अन्य समुदाय र राज्यले नेपाल सम्वत्लाई उपेक्षा गरेको हुदाँ अव पुर्ण कार्यन्वयनका लागी सम्पुर्ण समुदाय लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी विष्णुप्रसाद श्रेष्ठले नेपाल सम्वतलाई सरकारले कार्यन्वयन गर्नुपर्ने वताए । पटक पटक निर्णय हुने तर कार्यन्वयन नहुँदा नेपाल सम्वत्का सर्जकहरुले उपेक्षा गरेको महशुश गरेको वताए । कार्यक्रममा तजिलजीका संस्थापक संदेशनारायण श्रेष्ठ, योगिता श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, वडा नं १४ का अध्यक्ष काजीमान श्रेष्ठ, संस्थापक मेयर ताराप्रसाद श्रेष्ठले कार्यक्रममा धारणा राखेका थिए ।

३० गुठी समुह आवद्ध रहेको व्यास नगर समितीमा विभिन्न गुठीका घटकहरुले विभिन्न नृत्य सहित वजार परिक्रमा गरेका थिए ।












