प्रेस स्वतन्त्र सेनानी भण्डारीको ‘फर्केर हेर्दा’ पुस्तक विमोचन

प्रेस स्वतन्त्र सेनानीएवं वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारीको पुस्तक ‘फर्केर हेर्दा’ को विमोचन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्र सेनानी भण्डारीले लेख्नुभएको संस्मरण कृति विमोचन गरेका हुन् ।


भण्डारीले पत्रकारीतामा दिएको योगदानको चर्चा गर्दे उपमहासचिव गुरुङले पुस्तकमार्फत भण्डारीको जीवनमा भएको योगदान र कर्मको वारेमा चिन्ने अवसर प्राप्त हुने वताए । पत्रकार भण्डारीले जीवनका दौरानमा भोगेको विषयवस्तुलाई पुस्तक मार्फत उजागर गरेका छन् । भीमाद नगरपालिका वडा नं ६ निवासी भण्डारीले समाजिक योगदान, राजनैतिक तथा पत्रकारिताको क्षेत्रमा भोगेका विषयवस्तुलाई पुस्तकमार्फत सरल भाषमा लिपिवद्ध गरेका हुन् । २००५ साल माघ २६ गते जन्मिएका भण्डारीले यस अघि नै सम्पादकीय सं्रग्रह भाग १ र २ प्रकाशित गरिसकेका छन् ।


शुक्लागण्डकी नगरपालिका वडा नं ४ को दुलेगौडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा विभिन्न क्षेत्रको वौद्धिक व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.