नेकपा (एमाले) तनहुँको जिल्ला अधिवेशन वैशाख ७ र ८ गते हुने


नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको ११ औ जिल्ला अधिवेशन आँउदो ०८१ वैशाख ७ र ८ गते दमौलीमा हुने भएको छ । एमाले तनहुँको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको वैठकले पार्टीको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसैगरि वैठकमा जिल्ला कमिटीले विद्यानको ६७ वमोजिम ८ रिक्त पदहरुमा मनोनित समेत गरेको छ । जसमा सोम शर्मा, विष्णुमाया ढकाल, वावुराम कार्की, नारायण श्रेष्ठ, दिपक खाती, हरि कार्की, भरत केसी र शिवओम मल्ल रहेको छ ।


वैठकले यहि चैत्र १५ गते भित्र सदस्यता नविकरण गरिसक्न समेत सम्वन्धित निकायलाई निर्देशन गरेको छ ।
गण्डकी प्रदेश कमिटीको अध्यक्ष नवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा तनहुँ ईन्चार्ज तिलक महत, केन्द्रिय सदस्य भगवती न्यौपाने, सविता रसाईली, केन्द्रिय सल्लाहकार परिषद सदस्य एकवहादुर राना लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.