५९ औ जुनियर युवा रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजना भएको रक्तदान कार्यक्रममा एक सय ४ पिन्ट रगत सङ्कलन भएको छ । युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पस अध्यक्ष सुमन खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं जिल्ला सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले रगतको विकल्प नभएकाले सबैमा रक्तदान गर्न अपिल गरेका थिए ।

कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो गण्डकी प्रदेश महासचिव रामदक्त पौडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले रक्तदान महादान भएको बताएका थिए । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार पोखराको प्राविधिक सहयोग एवं स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस प्रायोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्वागत मन्तव्य स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पस अध्यक्ष गौरव पन्थले राखेको कार्यक्रमको सहजीकरण युरेस आदिकवि सचिव मौसमी थापाले गरेका थिए ।









