व्यास नगरपालिकाका मेयर वैकुष्ठ न्यौपानेले आदिवासी जनजातीको संरक्षणका लागी सवै लाग्नुपर्ने वताएका छन् । ३० औ विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति महासंघ, व्यास नगर समन्वय परिषद ले आयोजना गरेको कार्यक्रममा मेयर न्यौपानेले सो कुरा वताएका हुन् ।
सिङ्गै विश्व जनजाति दिवस भएका कारण विभिन्न समुदायका दाजू तथा दिदी बहिनीले आ अफनो संस्कृति ,मौलिकतालाई प्रर्दशन गर्नुभएको छ । व्यास नगर पालिकाको गौरव र गरिमालाई वढाउनुभएको छ नगर प्रमुख न्यौपानेले भने । नगरपालिकाले आदिवासीको संरक्षण तथा सम्र्वद्धनका लागी रुम्सी गाँउलाई मुख्यमन्त्रि नवपर्वतनीय नमुना गाँउ बनाइएको वताउनुभयो । विभिन्न जात जतिको संङ्ग्रालय हुनुपर्दछ । व्यास नगर पालिकाले साँस्कृतिक प्रर्वतनको लागि प्रागिक समिति निर्माण गरी जातिय संँस्कृतिको प्रतिस्पर्धा गराईने समेत वताए ।
बसाइँ सराईले आदिवासिको सँस्कृति मिश्रित बन्दै गएको हुदाँ यसको संरक्षणमा सवै लाग्नुको विकल्प नभएको वहाँले वताए । चेपाङ् वस्तीको क्षेत्रलाई प्रर्वधन गर्न र व्यास ११ तनहुँसुरको ऐतिहासिक क्षेत्रको संरक्षण का लागी योजना वनाईको समेत न्यौपानेले वताए ।








