राजनैतिक प्रतिशोधका आधारमा हिराशतमा राखियो । उपसभापति स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले पार्टी सभापति रवि लामिछानेलाई राजनैतिक प्रतिशोधका आधारमा अनावश्यक हिराशतमा राखिएको वताएका छन् । हिराशतमा राखिराख्नका लागि निश्चित आधार हुन्छ, त्यो हो, प्रमाण नष्ट गर्छ कि गर्देन, देश छाडेर भाग्छ कि भाग्दैन, हिराशत वाहिर रहदाँ थप अपराध गर्दछ कि गर्देन । यो आधारहरु कतै पनि पुष्टि नभई अनुसन्धानका लागी राख्नु भनेको पुर्वाग्रह मात्र हो, वाग्लेले भने ।
हाम्रा दलिल यो हो कि एउटा देशको नै ठुलो राजनैतिक दलको सभापतिले माथिका आधारहरु केहि पनि उल्लंघन गर्देन, त्यसैले रविलाई हिराशतमा लिएर अनुसन्धान गर्नु भनेको राजनैतिक पुर्वाग्रह मात्र हो, उपसभापति वाग्लेले भने । उपप्रधान तथा गृहमन्त्री भईसकेको व्यक्ति, भविश्यमा प्रधानमन्त्री हुने सम्भावना वोकेको व्यक्तिले माथिको आधार कुनै पनि उल्लंघन गर्देन । यति धेरै प्रष्ट हुदाँ हुदै पनि विभिन्न नाममा दुख दिने काम भनेको राज्यको ज्यादती मात्र हो, उनले भने ।
समान प्रकृतिको मुद्धामा अन्य राजनैतिक दलका नेता कार्यकर्ताहरुलाई राज्यले सोधपुछ सम्म नगर्ने तर रवि लामिछानेलाई दुख दिने नियत भनेको नयाँ शक्तिलाई निमिटयान्न पार्ने उद्येश्य मात्र हो । राज्यले अनुसन्धान गर्न सक्दछ, हामीले अनुसन्धान नगरौ भनेको छैनौ, लोकतन्त्रमा सवैलाई समान दृष्टिले हेर्नुपर्दछ, वाग्ले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ को जिल्ला भेलालाई सम्वोधन गर्दे वाग्लेले सो कुरा वताएका हुन । पार्टी सभापति विश्व वास्तोलाका अध्यक्षतामा भएको सो भेलाले नयाँ जिल्ला समितीको पुर्नगठन तथा रिक्त क्षेत्रिय सदस्यहरुको चयन गरिने सभापति वास्तोलाले वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.