मुअव्जा नपाएको भन्दै पिडितद्धारा भानुभक्त प्राणी उद्यानमा तालावन्दी

तनहुँको भानुभक्त प्राणी उद्यान कार्यालय छिर्कन तनहुँमा मुअव्जा नपाएको भन्दै पिडितद्धारा कार्यालयमा तालावन्दी गरेका छन् । प्लेकार्ड बोकेर मुअव्जाको माग राख्दै नाराबाजीमा उत्रिएका पिडितहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा नेपालको सातवटै प्रदेशमा प्रदेश स्तरिय प्राणी उद्यान स्थापनाको लागि काम अगाडी बढाएको थियो । तनहुँ जिल्लाको हालको व्यास नगरपालिका वडा नम्बर ११, १२ र भानु नगरपालिकाको वडा नम्बर ५ र ६ आसपासका ८ वटा सामुदायिक वन, ५ वटा कवुलियती बन, नीजि आवादी तथा खोला नाला, ऐलानी, प्रति र राष्ट्रिय वनको केही भागलाई समेटी चार सय २५ हेक्टर क्षेत्रफलको भुभागलाई नेपाल सरकार मन्त्री परिषदको २०७३ माघ २० गते भानुभक्त प्राणी उद्यानको घोषणा गरेको थियो ।

जस अन्तर्गत २९ दशमलव ३६ हेक्टर खेतीयोग्य जमिन, १ सय ४२ नीजि नम्बरी जग्गा, २ सय ४३ नीजि नम्बरी जग्गा कित्ता अनुसार, पाँच नीजि जग्गामा रहेका घर, ४ सय ९७ रोपनी खेत र ४ सय ४६ रोपनी बारीका १ सय ४२ घरधुरीका किसानले अहिले सम्म पनि मुअव्जा नपाएपछि पिडितहरु आन्दोलनमा उत्रिएका हुन् । आफुहरुले पटकपटक जग्गाको मुअव्जाका लागि स्थानिय तहदेखी केन्द्रीय तहसंम्म कुरा राख्दापनि कतैबाट पनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको जग्गाधनी समन्वय समिति भानुभक्त प्राणी उद्यान कार्यालय संघर्ष समितिका संयोजक हर्कबहादुर कार्कीले बताए ।

उता संघर्ष समितिका संयोजक प्रकाश मल्ल टाईसन जिल्ला प्रशासन कार्यालयबाट ३ बर्ष अगाडीदेखी जग्गाको मुल्याङ्कन गरी सिफारिस गरियता पनि हालसम्म मुअव्जा नपाएको कारणले बाध्य भएर आन्दोलन गर्नुपरेको बताउछन् ।

नेपालका रैथाने र गैर रैथाने वन्यजन्तुको संरक्षण, वन्यजन्तु संरक्षण मार्फत आमोद प्रमोद प्रदान र संरक्षण शिक्षा प्रदान गर्नुका साथै वन्यजन्तुको बैज्ञानिक अध्ययन अनुसन्धान पर्या–पर्यटन प्रवद्र्धन गरी स्थानिय जनताहरुको जीवनस्तर वृद्धि गर्ने टेवा पु¥याउने उदेश्यले स्थापित पृथ्वी राजमार्ग संगै सडक सञ्जालमा जोडिएको यस प्राणी उद्यानमा चितुवा, रतुवा, स्याल, खरायो, बाँदर, वन विरालो, रातो बादर, सालक आदी बन्यजन्तु पाइन्छन् । पिडित हरुको मागका सम्बन्धमा भानभक्त प्राणी उद्यान कार्यालयका प्रमुख भोजराज पन्थ राज्यले विगत २ बर्ष अगाडी दिनुपर्ने मुअव्जा हालसम्म पनि प्राप्त नभएको र यो उद्यान जील्लाको मात्र नभई सिंगो गण्डकी प्रदेशकै प्रतिष्ठाको विषय भएकोले अर्थ मन्त्रालयबाट पक्कैपनि पिडितका पक्षमा सम्बोधन हुनेमा विश्वस्त छन् ।

यसरी जलवायु तथा भौतिक विविधताले भरिएको यस क्षेत्रमा पोखरा,वन्दीपुर लुम्बिनी र चितवन जस्ता पर्यटकीय क्षेत्रसंग जोडिनुका साथै धार्मिक सांस्कृतिक र एतिहासिक रुपमा महत्वपूर्ण क्षेत्रको रुपमा परिचित यस उद्यानलाई अगाडी बढाउन आवश्यक देखिन्छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.