कृषि तथा आवासीय जग्गा वर्गिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न । (फोटोफिचर)

केशवटार

व्यास नगरपालिका घर, नक्सा शाखा र नगर कार्यपालिका कार्यलय दमौलीको आयोजनामा व्यास नगरपालिका वडा नं १४ को केशवटारमा कृषि तथा आवासीय जग्गा वर्गिकरण सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको छ । जनप्रतिनिधी, कर्मचारी र टोल अध्यक्षका लागी कृषि र आवासीय जग्गा वर्गिकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।


वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाका ईन्जिनियर अमृत केसीले सरकारले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नुभएको थियो । स्थानिय भु उपयोग कार्यन्वयन समिती, भु उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भुमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको र मालपोत कार्यलय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी वढाईएको जानकारी दिनुभयो ।


अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जग्गाको वर्गिकरणको आवश्यता र यसको महत्वको वारेमा धारणा राखेका थिए । कार्यक्रममा नगरकार्यकारीणी सदस्य नरिमाया राना, वडासदस्यहरु दुर्गा वहादुर आले, होम लाल थापा, कृष्णमाया सुनार, राजनैतिक दलका वडातहका नेतृत्व, टोल विकास संस्थाको पदाधिकारी, र स्थानिय समुदायको उपस्थिती रहेको थियो ।


कार्यक्रमका अध्यक्ष काजीमान श्रेष्ठले घर नक्साको वर्गिकरण अपरिहार्यता भएको हुदाँ समयमा नै दर्ता अभियानमा सरिक भई लाभ लिनुहुन आग्रह गर्नुभएको थियो । जग्गाको वर्गिकरण नहुँदा यसले आम जनजीविकामा प्रत्यक्ष असर गरेको छ । यसले पुर्णता पाएसँगै आम जनताले लाभ लिने विश्वास वडाध्यक्ष श्रेष्ठले गरे । कार्यक्रमको संचालन वडा सचिव राजन थापाले गरेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.