हर्षपुर जेवाईसी कपको उपाधी खैरेनीटार युवा क्लवलाई (फोटोफिचर)

खेल देशको नै गहना हो । अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाँउपालिका

हर्षपुर जेवाईसी कपको उपाधी खैरेनीटार युवा क्लवले हात पारेको छ । हर्षपुर ज्योति युवा क्लव म्याग्दे ७ ले आयोजना गरेको शुद्ध गाँउ तथा वडा भलिवल प्रतियोगिता खैरेनी युवा क्लवले जितेको हो । ज्योती युवा क्लवको २७ औ स्थापना दिवश तथा माघेसक्रान्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।


खेल राष्ट्रको पहिचान, पर्यटन प्रर्वद्दन हाम्रो अभियान भन्ने मुलका नाराको साथ शुरु गरिएको प्रतियोगित पुस २९ गते शुरु भई माघ १ गते समापन भएको हो । प्रतियोगितामा प्रथम हुने खैरेनीटार युवा क्लवले ३० हजार नगद राशि सहित ट्रफी र मेडल हात पारेको छ भने द्धितिय पुरस्कार ज्योति युवा क्लव हर्षपुरले जितेको छ । द्धितिय पुरस्कार विजेतालाई २० हजार नगद सहित ट्रफि र मेडल प्रदान गरेको छ भने तृतिय हुने अकला युवा क्लवलाई १० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।


यसैगरि खेलमा वेस्ट सटर, वेस्ट डिफेन्डरलाई पनि नगद सहित पुरस्कृत गरेको छ ।
ज्योति युवा क्लवको आयोजना भएको उक्त भलिवल प्रतियोगिताको अध्यक्षता क्लवका अध्यक्ष दुत वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतियोगितको प्रमुख अतिथीमा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले खेल देशको गहना भएको वताए । खेल र खेलाडीले नै देशको नाम राखेको वताउनुहुदै खेल क्षेत्रका लागेर देशको नाम राख्न पनि आग्रह गर्नुभयो । खेल जगतले अनुशासित जीवन वाच्न सिकाउँदछ । खेल र खेलकुदले जीवनमा सकारात्मक उर्जा पैदा गर्ने हुदाँ यसको निरन्तरताका लागी खेलाडीलाई आग्रह गर्नुभयो ।


खेलमा जित र हार स्वभाविक हुन्छ, खेल जित्ने हौसिने र हार्ने हुनु हुदैन । निरन्तरको प्रयासले जित हासिल गर्न सकिने हुँदा खेलकुदको जीवनमा महत्वपुर्ण भएको वताए । स्वास्थ्य जीवनका लगाी खेल अपरिहार्य हो । जसले खेलकुदमा अभ्यस्त वन्दछ । जीवनमा सहजता प्रदान गर्दछ, प्रमुख अतिथी श्रेष्ठले वताए । भलिवलका खेलाडीको खेलले आफुलाई रोमान्चित र आर्कषक लागेको हुदाँ खेलकुदको विकासको लागी पालिका र आफु सधै तत्पर भएको समेत प्रमुख अतिथी श्रेष्ठले वताउनुभयो । वाल्यकालदेखी नै खेलकुद शुरु हुने हुदाँ निरन्तरको खेल जीवनले जीवन सार्थक वन्ने समेत श्रेष्ठले वताउनुभयो ।


कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, नेपाली काग्रेस म्याग्दे गाँउ कमिटीका सचिव गौरव राना लगायतले धारणा राखेका थिए भने कार्यक्रमको संचालन क्लवका सचिव विशाल शाहीले गरेका थिए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.