१० दिने निशुल्क पतञ्जली योग विज्ञान शिविर सुरु

व्यास नगरपालिका वडा नम्बर ५ नेपालटार तनहुँमा सोमवारबाट १० दिने निशुल्क पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । विद्यालय व्यवस्थापन समितिका अत्युतराज काफ्लेले शिविरको उद्घाटन गर्दै प्राचिन समयका ऋषिमूनीहरुले तत्कालिन समयमा मानव जीवनलाई स्वास्थ्य राख्न आधुनिक चिकित्सा पद्धती नभएको अवस्थामा योग पद्धतीबाट मानिसका सारा रोगहरुको समस्या समाधान गर्ने पद्धती वर्तमान समयमा यसको महत्व झन बढेको बताए ।

उनले मानिसको मनमा हुने तनावको अन्त्य गर्नुका साथै विभिन्न रोगका समस्याको उपचार समेत योग रहेको बताए । कार्यक्रममा पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले, आरोग्य साधना केन्द्र दमौलीका अध्यक्ष आशा भण्डारी, कोषाध्यक्ष सन्तकुमार श्रेष्ठ, महाविद्यालय प्रभारी शकर राज नहर्की, हवन प्रभारी सुनिता श्रेष्ठ योग गुरुहरु चिजकुमार श्रेष्ठ, रामबहादुर थापा, अञ्जना श्रेष्ठ लगायतकाको उपस्थितिमा भएको उक्त योग शिविर पतञ्जली योग शिविर तनहुँको सहयोगमा सुरु भएको हो ।  

जनजुक्त शाही मावि, नेपालटार टोल विकास संस्था रानीटारी टोल विकास संस्थाको सयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रम रानीटार टोल संस्थाका अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल टोल संस्थाका अध्यक्ष सोमप्रसाद पौडेलले गरेको कार्यक्रमको सञ्चालन दिपेन्द्र लाल श्रेष्ठले गरेका थिए ।

उक्त योग शिविरमा पतञ्जली योग शिविर तनहुँका संगठन मन्त्री अर्जुन श्रेष्ठले प्रशिक्षण प्रदान गरेका थिए । गरौँ योग रहौँ निरोग भन्ने मल नाराका साथ सञ्चालित उक्त योग शिविरमा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.