मावि स्तरीय छात्र तथा छात्रा सिंगल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

शुक्रबार देखि बेँसीसशहरमा जारी दोस्रो लमजुङ जिल्ला मावि स्तरीय छात्र तथा छात्रा सिंगल ब्याडमिन्टन प्रतियोगितामा सम्पन्न भएको छ । लिटल स्टार युवा क्लब बेसीशहर लमजुङको आयोजनामा बेसीशहर नगरपालिका वडा नं. ८ स्थित फिटनेस कम्लेक्स (जिम हल) मा आयोजित यस प्रतियोगिता आज सम्पन्न भएको हो ।

प्रतियोगितामा पुरुषतर्फ बेसीशहर नगरपालिका वडा नं. ७ मा रहेको युनिभर्सल बोडिङ स्कूलका उज्वल थापा प्रथम हुन सफल भएको छ । थापाले सोही स्कूलका प्रनिश श्रेष्ठलाई २१–१७, २३– २१ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै थापाले नगद ८ हजार, मेडल ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएको छ । दोस्रो हुनुभएका श्रेष्ठले पाँच हजार मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्नुभयो । त्यस्तै, यूनिर्भसलकै सोविन गुरुङ र नितेन बस्नेत सान्तवा घोषित हुँदै प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए । त्यस्तै, महिलातर्फ मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीस्थित हिमचुली मावि बोडिङ स्कूलका इप्सिका तामाङ प्रथम हुनु भएको छ । तामाङले बेसीशहर नगरपालिका वडा नं. ७ मा रहेको विद्या विकास बोडिङ स्कूलका स्वस्तिका राउतलाई २२–२०, २१–१७ को सोझो सेटमै पराजित गर्दै प्रथम भएको हो ।

विजयी भएसँगै तामाङले ५ हजार मेडल, ट्रफि र प्रमाण पत्र तथा उपविजेतामा सिमित बन्न पुगेका राउतले ३ हजार मेडल ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै, अन्तिम चारमा पुग्न सफल बेसीशहर नगरपालिका वडा नं. ७ मा रहेको युनिभर्सलका सोनिया गुरुङ र सोही वडास्थित भूपु बोडिङ स्कूलका स्वेतातारा गुरुङले प्रमाण पत्र र मेडल प्राप्त गरेका थिए । विजयी खेलाडीहरुलाई जिल्ला ब्याडमिन्टन संघ लमजुङका अध्यक्ष कृष्णलाल प्रधान, आयोजक क्लबका अध्यक्ष राम गुरुङ र कोषाध्यक्ष मिरा खवासले पुरस्कार वितरण गरेको थियो । जिल्लाबाट खेलाडी उत्पादन गर्न र कुलतबाट बचाउन सहयोग पुग्ने अपेक्षाका साथ आयोजि यस प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ८ टिमको सहभागिता रहेको आयोजक क्लबका सदस्य सिजन श्रेष्ठले बताउनुभयो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.