प्रथम राष्ट्रिय दरै कप २०८० को तयारी पुरा

तनहुँ

दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै कप २०८० हुने भएको छ । राष्ट्रिय स्तरमा दरै समुदायबाट खेलाडी उत्पादन गर्ने र दमौलीलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उदेश्यले दरै कपको आयोजना गरिएको आयोजकले जनाएको छ । सोमवारबाट तनहुँको दमौली स्थित वि.पि वनबाटिका खेल मैदानमा सेभेन ए साईड फुटबल प्रतियोगिता हुन लागेको हो । देशभरका दरै युवाहरुलाई खेलको माध्यमबाट संगठित गर्नका लागि कार्यक्रम गर्न लागि एको दरै समाज तनहुँका अध्यक्ष ठाकुर दरैले जानकारी दिए ।

दरै समुदायका युवालाई खेल मार्फत सकरात्मक सन्देश दिने उदेश्यले कार्यक्रमको आयोजनामा गरिएको उनले बताए । कपको तयारीको काम धमाधम गरिएको दरैको भनाई छ । दरै कपमा तनहुँ, चितवन, धादिङ, गोर्खा, पाल्पा, नवलपरासी लगायतका जिल्लाबाट समेत टिम दर्ताको लागि आएको आयोजकको भनाई छ ।

प्रतियोगितमा प्रथम हुने टिमलाई एक लाख १ हजार प्राप्त गर्नेछ भने दित्तिय टिमले ५१ हजार पुरस्कार रहेको अध्यक्ष दरैले बताए । त्यस्तै उत्कृष्ट खेलाडी लगायतलाई पुरस्कारको व्यवस्था रहेको आयोजकको भनाई छ । सोमबारदेखी हुने सेभेन ए साईड फुटवलको तयारीको लागि खेल मैदान सम्याउने, पानी हाल्ने लगायतका काम समेत आयोजकले गरेको छ । कपको उद्घाटन संविधानसभा सदस्य एवं प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव सन्त कुमार दरैले गर्ने बताइएको छ । प्रतियोगिताको अवसरमा दमौली बजारमा दरै समुदायले ¥यालीको समेत आयोजना गर्ने भएका छन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.