बोटे समुदायको श्रमदानमा उल्लेख्य सहभागीता

पछिल्लो समय श्रमदान गर्ने प्रचलन हराउदै गइरहेको समयमा तनहुँका सिमान्तकृत बोट समुदाय भने श्रमदानमा जुटेका छन् । व्यास नगरपालिका १० बैरेनी बोटे गाउँका स्थानीयहरु महाकाली मन्दिर निर्माणको लागि श्रमदानमा जुटेका हुन् । बोटेगाउँका स्थानीयहरु मन्दिर निर्माणलाई तिब्रता दिनको लागि लागिपरेका छन् । ३५ घर बोटेहरु दैनिक रुपमा श्रमदानमा जुटेको महाकाली मन्दिर निर्माण समितिकी अध्यक्ष सीता बोटेले जानकारी दिइन् ।

२०८० बैशाख मा मादी नदीमा माछा मार्ने क्रममा स्थानीय सुरेश बोटेले महाकालीको मूर्ति भेटेपछि स्थानीयहरु सरसल्लाह गरी महाकालीलाई नदि किनारमा मन्दिर निर्माण गरेर राख्ने अभियान अन्तर्गत मन्दिर निर्माणको काम गरिएको बैरेनी बोटे टोलका अध्यक्ष होमबहादुर बोटेले जानकारी दिए ।

उक्त मन्दिर निर्माणको लागि वडाबाट परेको बजेटले सामान किनिएको र अन्य काम जनसहभागीतामा गरिएको स्थानिय लिला बोटेले जानकारी दिइन् ।

महाकाली मन्दिर निर्माणको लागि व्यास १० वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेपछि बोटे समुदाय लागत सहभागीता अन्तर्गत जनश्रमदानमा जुटेका हुन् । श्रमदानमा स्थानीय बोटे समुदायहरुको उत्साहजनक सहभागीता रहेको व्यास १० का वडा सदस्य इश्वर पौडेलले जानकारी दिए ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.