म्याग्दे गाँउपालिकाले जग्गाको क्षेत्र वर्गिकरणका लागी अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । गाँउपालिका अन्र्तगत रहेको ७ वटै वडा कार्यलयहरुमा राष्ट्रिय भुउपयोग ऐन २०७६ अनुसार जग्गाको क्षेत्र वर्गिकरण (कृषि र ग्रैह कृषि) गर्नका लागी प्रत्येक वडामा एक दिने वडा स्तरिय गोष्टि गर्ने भएको छ ।
कार्यक्रम अनुसार १ नं वडा कार्यलयमा कार्तिक १४ गते, २ नं मा १५ गते ३ नं वडामा १६ गते ४ नं वडामा १७ गते, ५ नं वडामा १८ गते, ६ नं वडामा २० गते र ७ नं वडामा २१ गते दिउँसो ११ वजे हुनेछ । साथै वडा समिती, टोल विकास संस्था, वडाका राजनैतिक दलका अगुवा, सामुदायिक वनका प्रतिनिधी, जग्गा सम्वन्धि सरोकारवाला लगायतलाई उपस्थितीका लागी गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।








