रिसिङ, झापुटार
प्रतिनिधीसभाका निवर्तमान सासंद तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ क का उम्मेदवार केदार सिग्देलले अवको प्रधानमन्त्री केपी शर्मा ओली हुने वताउनुभएको छ । ओली सरकारको पालमा नै देशमा आर्थिक शुसाशन र विकास निर्माणको प्रक्रिया अगाडी वढेको हुदाँ नेकपा (एमाले)को सरकारले मात्र देशमा समृद्ध नेपाल सुखी नेपाली वनाउने वताउनुभयो ।
नेकपा (एमाले) को सरकार हुदाँ देशमा चुच्चे नक्सा जारी भयो, भारतिय हस्तक्षेपको विरुद्ध लड्ने काम भयो । एकैपटक देशका सवै पालिकामा १० शैयाको अस्पताल वनाउने कामको शुरुवात भयो । दीर्घकालिन महत्वको सडक निर्माणको कामको शुरुवात भए । देशमा विकास र सुशासनको चरण शुरु हुदै थियो । देशमा शान्ति र स्थिरता देख्न नचाहने हरुले परामदेशी सरकार वनाएर देश नै असफल वनाउने काम गरे, उम्मेदवार सिग्देलले भने ।
नेकपा(एमाले) को नेतृत्वले गरेको काम मनमोहन सरकार पछिको ठुलो लोकप्रिय सरकार वनको थियो । तर देश विकास नचाहने तत्वले विभिन्न नाममा सरकार र एमालेमाथी प्रहार गरे र ओली सरकारलाई विस्थापित गरे । तर जनताले ओली सरकारले गरेको कामको मुल्यांकन गरिरहेको हुदाँ अवको मंसिर ४ पछि सानदार मत सहित पुन सरकारको नेतृत्व गर्ने दावी समेत गरे ।
रिसिङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सिग्देलले सो कुरा वताउनुभएको हो । आफु संघिय सरकारको सासंद वन्दा तनहुँको क्षेत्र नं २ का विकास निर्माणमा उल्लेख्य भुमिका खेलेको हुदाँ पुन एमालेको सरकार वनाउन आग्रह समेत गर्नुभयो । देश अव विकास र समृद्ध तर्फ उन्मुख गराउन नेकपा एमालेको सरकार अपरिहार्यता भएको हुदाँ आफनो मतको दुरुपयोग नगर्न समेत सिग्देलले आग्रह गर्नुभयो ।








