म्याग्दे गाँउपालिकाले जिल्लामा नै पहिलो पटक भूमि वर्गिकरण सम्वन्धि वडा स्तरिय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रम म्याग्दे गापा वडा नं ४ र ७ वडाको प्रभुत्व व्यक्ति, आम समुदाय, टोल विकास संस्था र स्थानिय सँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले कार्यक्रमको महत्व र आवश्यकताको वारेमा प्रकाश पार्नुभएको थियो । गाँउकार्यपालिकाले स्थानिय भु उपयोग कार्यन्वन समिती, भु उपयोग परिषद र प्राविधिक समिती गठन गरेको वडा स्तरिक सहजीकरण समिती समेत गठन गरि स्थानिय पत्र पत्रिकामामा समेत सुचना प्रकाशित गरि काम कारवाही अगाडी वढाईएको प्रमुख प्रशाशकिय अधिकृत अधिकारीले जानकारी दिनुभएको थियो ।

भु उपयोग ऐन २०७६ र नियमावली २०७९ मा भएको व्यवस्था अनुसार भुमि व्यवस्था सहकारी ततथा गरिवी निवारण मन्त्रालयको र मालपोत कार्यलय तनहुँको सार्वजनिक सुचना अनुसार कार्यक्रम अगाडी वढाईएको पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मालपोत कार्यलय तनहुँका प्रमुख चिरन्जीवि पौडेलले अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । भुमि वर्गिकरण तथा उपयोग १० वटा मापदण्ड तय गरिएको र सोही अनुरुप काम गरिने वहाँले वताउनुभयो । जसमध्ये कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यवसायिक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदि खोला ताल क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा परातात्विक महत्वको क्षेत्र र नेपाल सरकारवाट आवश्यकता अनुसार तोकिएको अन्य क्षेत्र रहेका छ ।

यसैगरि नापीक ार्यलय तनहुँका अधिकृत कृष्ण प्रसाद आचार्यले नक्सा सम्वन्धि विषय र यसको क्षेत्राधिकारका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । गाँउपालिकाको घरनक्सा शाखाले मंसिर २० गते भित्र ७ वटै वडाको प्रतिवेदन गाँउपालिकालाई पेश गर्ने गरि कार्यक्रम अगाडी वढाएको छ । त्यसपछि सुझाव सहितको अन्तिम प्रतिवेदन तयार गरि कार्यपालिकाको निर्णय सहित स्विकृत फाईनल घोषणा तथा सार्वजनिक मंसिर २३ गते गर्ने र सो पाश्चात प्रदेश, संघ सहित राय लिई राजपत्रमा प्रकाशन गरि कार्यन्वयन गर्ने पालिकाले जनाएको छ ।

कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु लगायतको उपस्थिती रहेको थियो । यहि कार्तिक १४ गते देखि भएको अन्तरक्रिया कार्यक्रम हरेक वडामा संचालन गरिने पालिकाले जनाएको छ ।









