जनक श्रेष्ठ
आर्थिक अभावले बेँसीसहर नगरपालिका वडा न. ३ मिलनचोकका ४३ वर्षीय कुलबहादुर दुलालको उपचारमा समस्या हुन थालेको छ । एक वर्षदेखि दुवै मृर्गौला फेल भई विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका दलालको मृर्गौला प्रत्यारोपणका लागि रकम अभावले उपचारमा समस्या हुन थालेको हो । मृर्गौला पीडित दुलालका अनुसार गत वैशाख महिनामा थकान महसुस हुने, शरीर गल्ने लगायतका समस्या भएपछि लमजुङ अस्पतालमा उपचारका लागि लगिएको थियो ।
अस्पतालमा जाँच गर्दा दुवै मृर्गौला फेल भएको चिकित्सकले बताएपछि थप उपचारका लागि बेँसीसहर नगरपालिकाको १ लाख बराबरको उपचार खर्च सिसारिस सेवाबाट काठमाडौस्थित सुमेरु अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट विर अस्पतालमा उपचारका लागि गए । त्यहाँ ढिलो हुने भएकाले टिचिङ अस्पतालमा पुगेर तीन महिना अघिबाट डाइससियस सेवा लिन सुरु गरेको थिए । उपचार गर्न पैसा अभावले गर्दा घरमै फर्किएर । पैसा जम्मा भएपछि पुनः टिचिङ अस्पतालमा गएर मृर्गौला प्रत्यारोपण गर्ने उहाँको भनाई छ ।
उहाँले सो रकम बाहेक हालसम्म घरमा भएको ७ लाख रुपैयाँ खर्च भइसकेको र थप उपचारका लागि घरमा पैसा नभएकाले सहयोगको अपिल गर्नुभएको छ । मृर्गौला राख्न श्रीमतीको मिल्ने चिकित्सवले सुझाव दिएको र श्रीमतीले समेत मृगौला दिन तयार रहेपनि सो प्रत्यारोपणका लागि २७ लाख रुपैयाँ लाग्ने भएको पीडित दुलालको भनाई छ । आर्थिक समस्याका कारण उपचार गर्न नसिकएको पीडित दुलालले बताउनुभयो । आफ्नो उपचारमा देश विदेशबाट आर्थिक सहयोग गर्नका लागि उहाँले अपिल गर्नुभएको छ । आर्थिक अभावका कारण हाल जिल्ला अस्पतालबाटै डाईलासिस गरिरहेको उहाँको श्रीमती रमिला दुलालले बताउनुभयो । घरमा पिडित दुलालसहित श्रीमती र २ छोरा र बुहारी छन् । आफूलाई सहयोग गर्न चाहनेहरुका लागि आफ्नो खाता नं. एनआईसी र्बैक बेँसीसशहर खाखा भ८८७६३१५५५५२४००१ वा प्रत्यक्ष फोन गरेर दिनु परेमा ९८०६५२०७७३ मा फोन गर्नुका लागि समेत उहाँले आग्रह गर्नुभएको छ ।








