व्यास नगरपालिकाको वडा नं ५ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । व्यास नगरपालिका वडा नं ५ को वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालको अध्यक्षतामा भएको कार्यक्रममा वडालाई पुर्ण खोप वडा घोषणा गरिएको हो ।

वडा नं ५ को ५ वर्ष मुनिको सम्पुर्ण वालवालिकाहरुको पुर्ण खोपको लागी घरधुरी सर्वेक्षण् गरि सो क्रममा खोप लगाउन छुट भएका सवै वालवालिकाहरुलाई छुट खोप समेत प्रदान गरि वडालाई पुर्ण खोप घोषणा तथा दिगोपना सुनिश्चित गरिएको कार्यक्रमको अध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले वताए ।

पुर्ण खोप घोषणा कार्यक्रममा वडा सदस्य केशरी थापा, वडा सचिव विश्वनाथ पौडेल, टोल विकास संस्थाका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, आमा समुहका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।











