जिम्मल खोल्सामा रहेको सडक भासिएर जाने खतरा

तनहुँको भानु नगरपालिका वडा नम्बर १३ भानु मार्गमा पर्ने जिम्मल खोल्सामा रहेको सडक खोल्साको पानीले विगार्दा सडक नै भासिएर जाने खतरा वढेको छ ।

खोल्सामा सिमेन्टेड ढलान गरी बनाइएको संरचनाको तलको पर्खालको आधा भन्दा बढी भाग खोल्साको बाढीले क्षति पुरयाउँदा जोखिम वढेको हो । । भानु नगरपालिका वडा नम्बर १३ चन्द्रावती घर भएका स्थानिय कुँवेर खनाल खोल्साको पानीले चन्द्रावती भन्दा तीन सय मिटर वरको जिम्मल खोल्सा भाँसिएर जुनसुकै बेला यातायातका साधन बन्द हुने अवस्थामा पुग्दा समेत नगरपालिका तथा स्थानिय जनप्रतिनिधिहरुले कुनै चासो नदिएको बताए ।

उक्त सडक खण्डमा दैनिक आफ्नो ग १ज ६७१५ नम्बरको मिनी माइक्रोका सवारी चालक अमृत श्रेष्ठ उक्त खोल्सो पार गर्दा अत्यन्तै जोखिम रहेको उल्लेख गर्दै खोल्सा माथी गरिएको ढलानको तल पुरै भ्वाङ्ग परेकोले कुनैपनि वेला सवारीसाधनहरु रोकिनुपर्ने स्थिति रहेको बताउछन् ।

यस सम्बन्धमा भानु नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारी आफुले भानु नगरपालिकाका नगरप्रमुखलाई बारम्बार बनाउनको लागि आग्रह गरेको उल्लेख गर्दै उक्त स्थानमा जाली लगाई बनाउने पहल गरेको उल्लेख गर्दै तत्कालै जाली ल्याई मर्मत गरिने बताउछन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.