६६ रोपनी जग्गामा स्थानिय खोला, मुल तथा जरुवाको पानी संकलन गरि कृत्रिम नारेश्वर  ताल बनाईने

तनहुँको व्यास नगरपालिकाको दुम्सीमा झण्डै ६६ रोपनी जग्गामा व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको पहलमा स्थानिय खोला, मुल तथा जरुवाको पानी संकलन गरि कृत्रिम नारेश्वर  ताल बनाउने काम थालनी गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिलामन्त्री दोवाटे विक दुम्सीको आर्य आर्जन र यहाँको पर्याबरण संरक्षण गर्ने उदेश्यले यो ताल बनाउने काम अगाडी बढाइएको बताए । उनि भन्छन् ” ताल निर्माण सम्पन्न भएपछि वाह्य तथा आन्तरिक पर्यटन भित्राउन सहनता संगै दुम्सि आसपास का किसानलाई सिञ्चाई , तालमा माछापालन ,डुङ्गासयर तथा वातावरण संरक्षण गर्नमा ठुलाे भुमिका रहने छ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले ग्रामिण पर्यटनलाई प्रवर्धन गर्ने उदेश्यले व्यास नगरपालिका  १०  दुम्सीमा व्यास नपा, जिल्ला समन्वय समिति र प्रदेश सरकारको पहलमा सुन्दर तालको निर्माण कार्यलाई निरन्तरता दिदै ताल निर्माण सम्पन्न भएपछि सिङ्गाे व्यास नगरकै प्रतिष्ठा उचाईमा पुग्ने  बताए ।

व्यास  नगरपलिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले २६ रोपनी जग्गा खरिद  गरि नगरपालिकामा  आइसकेको र करिव ४० रोपनी ओइलानी प्रति जग्गामा रहेकाे तथा कुल ६६ राेपनि भन्दा बढि क्षेत्रफलमा सुन्दर नारेश्वरताल बन्ने बताउछन्। ताल निर्मण अन्तरगत बाँधबनाउने ठेक्का लागीसकेकाे बताउदै नगर प्रमुख न्या‌पानेले पानीको  श्रोत  भएकाले बाँध बाँधी ताल बनाइने र दुम्सी आसपासका किसानलाई सिंचाई  गर्ने र कृषि उत्पादन वृद्धि  गर्दै बाह्य तथा आन्तरिक पर्यटक भित्रयाएर आर्थिक उपार्जनमा यो ताल कोशेढुङ्गा सावित हुने बताउछन् ।

व्यास १० का वडाध्यक्ष खेमराज पोख्रेलले नारेश्वर तालका रुपमा विकास गरि स्थानिय व्यक्तिहरुको टुक्राटुक्री जग्गा खरिद गरी ताललाई अगाडी बढाइएको बताउदै वडाकै बातटावरण संरक्षण र सौन्दर्यलाई कायम गर्दै कृषि र पर्यटनलाई अगाडी बढाउदै भावि दिनमा डुङ्गामा सयर गर्न पाइने बताउछन् । उता नारैश्वर ताल निर्माण समितिका अध्यक्ष विष्णुबहादुर थापा पानी लाई तालमा परिणत गरी सिंचाई, माछापालन तथा आगलागी हुँदा समेत यसको उपयोगित रहेको बताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.