दमौलीमा पुरुसोत्तममास महात्म्य २०८० सञ्चालनमा

तनहुँ

व्यास नगरपालिका–३ शिवपाञ्चायन मन्दिर परिसरमा रहेको श्रीकृष्ण द्धैपायन सत्संग समितिको आयोजनामा पुरुसोत्तममास महात्म्य २०८० सञ्चालन भएको छ । अधिकमासको अवसरमा पुरुसोत्तममास माहात्म्य विहिवारबाट श्रीकृष्ण द्धैपायन सत्संग भवनमा सुरु गरिएको हो । पुरुसोत्तम महात्म्य कथाबाचन श्रीकृष्ण द्धैपायन सत्संग समितिका अध्यक्ष समेत रहेका प्रेमप्रकाश भट्टराईले गरेका छन् ।

उक्त महात्यमा गणेशको भुमिकामा श्रीप्रसाद भट्टराई रहेका छन् । अधिकमासमा पुरुसोत्तम महात्म्यको विशेष महत्व भएको कारणले अनुष्ठान गरिएको व्यास अध्येता काशिनाथ न्यौपानेले जानकारी दिए । उक्त सत्संगमा पुरुसोत्तम भगवान पुजा विहान ८ बजेबाट गरिएको छ भने कथाबाचन तथा पाठ पारायण विहान ११ बजेबाट दिउँसो ४ बजेसम्म सञ्चालन भइरहेको छ । उक्त महात्म्य श्रवणका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।

दैनिक बाक्लो संख्यामा भक्तजनहरु श्रद्धाका साथ पुरुसोत्तममास महात्म्य श्रवण गर्न पुग्ने गरेका छन् । साउन १८ गते विहिवारबाट सुरु भएको महात्म्य साउन २१ गते आइतवार विधिवत रुपमा समापन हुने बताइएको छ । मलमासमा भगवान विष्णुको विशेष पुजाअर्चना हुने गरेको छ । मलमासलाई पुरुषोत्तम मासका रूपमा स्थापित गरी धर्मकर्मका लागि विशेष उपयोगी मानिन्छ । यो दुर्लभ महिनामा जसले नित्य स्नान गरी भगवान् पुरुषोत्तमको पूजाआराधना, यज्ञ–अनुष्ठान तथा दानधर्म गर्दछ, उसले अत्यधिक पुण्यफल प्राप्त गर्दछ भनी स्वयं भगवान् पुरुषोत्तमले पुरुषोत्तम मासको महिमा बताउनुभएको प्रसंग पुराणहरूमा उल्लेख छ ।

धर्मशास्त्रका विधिविधानमा काम्य तथा मांगलिक शुभकर्म गर्न अशुद्ध मानिने मलमास ज्योतिषीय गणनाबाट आउँछ । एकातिर यो बारनाको मास हो भने अर्कातिर साधनाको मासका रूपमा प्रसिद्ध रहेको बताइन्छ । दान–धर्म तथा भगवान् पुरुषोत्तमको पूजा, आराधना गरी ईश्वरलाई मनमा धारण गर्ने उत्कृष्ट समय नै मलमास अर्थात् पुरुषोत्तम महिना भएको जानकारहरु बताउछन् ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.