२९ औ विश्व आदिवासी दिवस मनाईयो ।

नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद अध्यक्ष क्याप्टेन सोम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, नेपाल मगर संघ केन्द्रिय निर्वाचन संयोजक शिद्धान्त गर्जा मगर, मगर संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष मणिराज थापा, व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ, गुरुङ समाज केन्द्रिय सदस्य रग बहादुर गुरुङ, नेवा मिसा दवु केन्द्रिय उपाध्यक्ष योगिता श्रेष्ठ, एनजीओ नेटवर्क तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङ लगायतले कार्यक्रममा भनाई राखेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद उपाध्यक्ष इमकुमार मल्लले स्वागत गरेको कार्यक्रमको सहजीकरण सचिव अम्मर थापाले गरेका थिए । कार्यक्रमको अवसरमा व्यास नगरपालिकामा रहेका १३ आदिवासी जनजाति जातिमध्ये ८ जनजातिको सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा अति सिमन्तकृत चेपाङ समुदायको लोपोन्मुख चेपाङ झाँकी नृत्य प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा गायिका सुभ्रदा श्रेष्ठ र सीता गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रम सुरुहुनुपुर्व व्यास नगरपालिकामा बसोवास गर्दै आएका मगर, गुरुङ, नेवार, दरै, बोट, भुजेल चेपाङ, दुरा, कुमाल लगायतका जनजातिले संस्कार र संस्कृति झल्कने झाँकी समेत प्रस्तुत गरेका थिए । जनजाति समुदायको भेषभुषा, संस्कार र संस्कृतिको जर्गेना गर्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद अध्यक्ष सोम बहादुर थापाले जानकारी दिए ।

विश्व आदिवासी दिवसको अवसरमामा तनहुँको दशवटै स्थानिय तहले बुधवार सार्वजनिक विदा दिएका थिए । यसवर्ष विश्व आदिवासी दिवसको नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने रहेको छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.