पराशर मावि का विद्यार्थीहरु टपरी र दुना बुन्न सिक्दै

व्यास नगरपालिका वडा नं. ५ पाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा शुक्रवार छुटै माहोल थियो । विद्यार्थीहरु लहरै विद्यालयको चौरमा बसेका थिए । अगाडी पट्टी हरियो सालको पात र  बाँसका मसिना सिन्का थिए । सधै जसो कापी र कलम हुने विद्यार्थीको हातमा हरियो सालको पात र मसिनो बाँसको सिन्का लिदा विद्यार्थी दङ्ग परेका थिए ।       

विद्यालयका अतिरिक्त कृयाकलाप संयोजक रिता भण्डारी र मृता आलेले जव टपरी र दुना बनाउने कार्यक्रम हो भनेपछि विद्यार्थीहरु खुशी भए र सिक्न थाले सालको पातबट बनाइने टपरी र दुना लगाउन।  कक्षा ४ देखी १० कक्षा सम्मका छात्रछात्राहरुलाई व्यवहारिक ज्ञान दिने उदेश्यले अतिरिक्त त्रियाकलाप अन्तर्गत दुना र टपरी बनाउने विद्यालयले आयोजना गरेको विद्यालयका प्रधानध्यापक रामदत्त पौडेलले बताए ।        पछिल्लो समय  प्लाष्ट्रिक तथा कागजका प्लेटहरुले बजार ढोकेको र वातावरण समत प्रदुषण  पारेकाले विद्यार्थीहरुमा व्यवहारिक ज्ञान  दिने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको शिक्षक मञ्जु खनालले बताए ।

अहिलेका वालवालिकाहरुले परम्परागत व्यवहारिक सिपहरु भुल्दै गएको हुनाले यस्को संरक्षण गर्न तथा बातावरणमैत्री दुना टपरी गास्ने शिप सिकाइएको विद्यालयले जनाएको छ । त्यस अवसरमा शिक्षकहरु अनिता काफ्ले, अमृता आले, रिता भण्डारी, समिक्षा थापा, डालिमाया रानाभाट रामप्यारी विक सञ्जु आले, अमृता आले लगायतले प्रशिक्षण प्रदान गरेको अतिरिक्त क्रियाकलाप संयोजक रिता भण्डारीले जानकारी दिइन् ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.