ब्राह्मण समाज नेपाल व्यास नगर समिति अध्यक्षमा विशेश्वर सुवेदी सर्वसम्वत चयन भएका छन् । शनिवार समितिको दोस्रो अधिवेशनले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण पन्त, सचिवमा ऋषिराम ढुङ्गाना, सहसचिवमा गोमा बास्तोला, कोषाध्यक्षमा शर्मिला ओझा सर्वसम्बत रुपमा चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सरस्वती पाण्डे गैह्रे, अनिता घिमिरे काफ्ले, मोहन भण्डारी, शिद्धिभक्त पण्डित, मनहरि अधिकारी, धर्मराज बगाले, श्रीराम खनाल, रमेश प्रसाद आचार्य, गीता देवी घिमिरे नहर्की र उमाकान्त रेग्मी चयन भएको निर्वाचन अधिकृत अधिवक्ता चन्द्रकान्त वाग्लेले जानकारी दिए ।

ब्राह्मण समाज नेपाल व्यास नगर समितिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डाक्टर नारायण प्रसाद अधिकारीले राज्यले ब्राह्मण भएकै आधारमा विभेद गरेको बताए । सरकार बाबुआमा जस्तो हुनुपर्ने भएपनि कसैलाई काखा र कसैलाई पाखा गरिएको अधिकारीको भनाई थियो । ब्राह्मण समाजले राज्यसंग जातीय नभई वर्गीय रूपमा आरक्षणको व्यवस्था हुनुपर्ने, ब्राह्मणलाई पनि आदिवासीको सुचिमा राखिनुपर्ने, धर्म निरपेक्ष भन्ने नभई धर्म सापेक्ष राष्ट्र हुनुपर्ने माग गरेको अध्यक्ष अधिकारी बताए । देशको राजनीतिक परिवर्तनमा सबैभन्दा वढि नेतृत्वको काम ब्राह्मणले गरेको उनले बताए । देशका नेतृत्वकर्ता ब्राह्मणले नै विभेद गरेको केन्द्रिय अध्यक्ष अधिकारीको भनाई थियो । पछिल्लो समय ब्राह्मण पनि आचरणहिन भएको कारण आचारणलाई सुधार्नुपर्ने उनको भनाई थियो ।

ब्राह्मण समाज नेपाल केन्द्रीय उपाध्यक्ष महेश पराजुलीले ब्राह्मण समाजले समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको र यसलाई निरन्तरता दिनुपर्ने बताए ।

ब्राह्मण समाज नेपाल व्यास नगर समिति अध्यक्ष प्रेम प्रकाश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय कोषाध्यक्ष पृथ्वी पौडेल, ब्राह्मण समाज केन्द्रीय कार्यसम्पादन समिति सदस्य डां. लक्ष्मीकान्त चापागाईं, केन्द्रिय सदस्य उपेन्द्र लम्साल, व्यास अध्येता काशिनाथ न्यौपोन, ब्राह्मण समाज नेपाल तनहुँ अध्यक्ष कृष्णचन्द्र पाण्डे, ब्राह्मण समाज नेपाल भानु नगर समिति अध्यक्ष जयहरि ढकाल, ब्राह्मण समाज तनहुँ महिला संयोजक गौकुमारी न्यौपाने लगायतले भनाई राखेको कार्यक्रममा स्वागत नगर कोषाध्यक्ष शारदा पोख्रेलले गरेको कार्यक्रमको सहजीकरण सचिव ऋषिराम ढुंगानाले गरेका थिए । अधिवेशनको अवसरमा ब्राह्मण समाजको संगठन विस्तारमा सहयोग गरेकोमा ८१ बर्षिय प्रियनाथ पौडेललाई सम्मान गरिएको थियो । यसैबिच उक्त अधिवेशनको अवसरमा ब्राह्मण समाज व्यास ५ का तेज लामिछानेको समहु र व्यास नगरपालिका १ का मेघनाथ रिमालको टोलीले भजन चुड्का प्रस्तुत गरेका थिए ।








