म्याग्दे गाँउपालिकाद्धारा ३६७ जना हल गोरु पालक कृषकलाई पोषण अनुदान वितरण ।


म्याग्दे गाँउपालिकाले हल गोरु पोषण अनुदान वितरण गरेको छ । पालिकाकोआ.व. २०८०।०८१ को स्वीकृत कार्यक्रम अन्तरगत हल गोरु पोषण अनुदान कार्यक्रम अन्तरगत वडाका सम्पुर्ण किसानलाई प्रति हल गोरु रु.४ हजारको दरले वितरण गरिएको हो ।
अनुदान कार्यक्रममा वडा नं १ का १०४ जना कृषक, २ नं को २९ जना, ३ नं वडाको ९ जना, ४ नं वडाको ४२ जना, ५ नं वडाको ५३ जना, ६ नं वडाको ७१ जना र ७ नं वडाको ५९ जना गरि कुल ३६७ जना हल गोरु पालक कृषकलाई वितरण गरिएको हो ।


कुल ३६७ जना कृषकलाई रु ४ हजारका दरले कल १४ लाख ६८ हजार वितरण गरिएको पालिकाले जनाएको छ ।
लाभग्राही कृषकलाई अनुदान रकम वितरण गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई उत्पादनसँग जोड्न पालिकाले विभिन्न कार्यक्रम गर्दे आएको र त्यसैको श्रृखलास्वरुप हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गरिएको वताए । उत्पादन र कृषिलाई सँगसँगे जोडेर मात्र समृद्ध म्याग्दे वनाउन सकिने हुदाँ कृषिमा लाग्न अनुरोध गर्दछु, पालिका अध्यक्ष श्रेष्ठले भने । स्थानिय सरकारले कृषि र कृषकलाई प्रेरित गर्न विभिन्न कार्यक्रम गरेको हुदाँ त्यसको समुचित प्रयोगले मात्र सम्भव हुने हुदाँ पालिकाको काममा सहयोग गर्न समेत अध्यक्ष श्रेष्ठले आग्रह गरे ।


हलगोरु पालक कृषक मैते थापाले अनुदान रकमले कृषी र निम्न आय गरेर जीवन गुजार्नेहरुको लागी ठुलो राहत मिलेको वताए । पालिकाले कृषकलाई उत्प्रेरित गर्ने कार्यक्रममले साना कृषकको जीवनयापन र कृषि कर्ममा सहयोग पुगेको हुँदा कृषकमैत्री योजना ल्याउन समेत हलगोरु पालक कृषक थापाले वताए ।

सम्बन्धित समाचार

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.