सधै कक्षाकोठामा अध्ययनमा व्यस्त हुने माहेन्द्री माविका विद्यार्थीहरु धान काट्न व्यस्त (फोटोफिचर)

तनहुँ

सधै कक्षाकोठाको अध्ययनमा व्यस्त हुने तनहुँको माहेन्द्री माध्यमिक विद्यालयका विद्यार्थीहरु मंगलवार खेतमा धान काट्न व्यस्त बनेका छन र व्यास नगरपालिका ९ गजौँडे झिनुवाटरमा रहेको माहेन्द्री माविका विद्यार्थीहरुले कवादी दोभानमा विद्यालयका स्वामित्वमा रहेको खेतको धान काटेका छन् । कक्षा ६ देखी १२ मा अध्ययरत विद्यार्थीहरु निकैउत्साहका साथ धान काट्न व्यस्त बनेका हन् । शिक्षकहरुसंग पठनपाठनमा मात्रै नभई बाहिरी क्रियाकलापमा समेत सरिक हुन पाउदा निकै खुशी लागेको कक्षा ९ की छात्रा समृद्धि आचार्यल बताइन् । ‘विद्यालयको अध्ययन संगै शिक्षकहरुसंग धान काट्ने बाहिरी क्रियाकलापमा सरिक हुन पाउदा निकै खुशी लागेको छ,’ उनले भनिन् ।

पन्ध्र असारमा धान रोपाई गरेको बिचमा गोड्न र अहिले सबै विद्यार्थीहरु मिले काटिएको कक्षा ९का मिलन परियारले बताए । धान रोप्ने आली लगाउने, कुना खन्ने, धान गोड्ने, काट्ने काम सिकेको परियारको भनाई छ ।

विद्यालयका अंग्रेजी शिक्षक भिमलाल भट्टराईले विद्यालयमा व्यवहारिक ज्ञान दिन धान काट्न लगाइएको बताए । एक दशकदेखी विद्यालयको स्वामित्वमा रहेको बाझो जग्गालाई यस वर्षबाट खेत रोपेर विद्यार्थीलाई व्यवहारिक ज्ञान समेत सिकाईएको भट्टराईको भनाई छ ।

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने र आर्यआर्जन बढाउने उदेश्यले विद्यालयको साढे ८ रोपनी र बाँकी बाझो जमिन गरी १५ रोपनी क्षेत्रफलमा मन्सुली जातको धान रोपेको विद्यालयका प्रधानध्यापक शिवचन्द्र आचार्यको भनाई छ ।

उक्त खेतबाट करिव ४० मुरी धान उत्पादन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेलले बताए । विद्यार्थीको सहयोगमा धान रोप्ने, गोड्ने, काट्ने काम भएको विव्यास अध्यक्ष पौडेलको भनाई छ । विद्यार्थीहरुलाई कक्षाकोठमा मात्रै सिमित नराखी प्रयोगात्मक सिकाई सिकाउने अभियानस्वरुप धान काट्न लगाइएको अध्यक्ष पौडेलको भनाई छ ।

विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिनको लागि कृषिसंग जोड्ने विद्यालयको काम महत्वपूर्ण भएको व्यास नगरपालिकां ९ का वडाध्यक्ष सुरेश थापाले बताए । कृषिप्रधान देशमा कृषिको अवस्थाको बारेमा जानकारी गराउन पनि यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई सहयोग पुग्ने वडाध्यक्ष थापाको भनाई छ ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.